मकवानपुर । बागमती प्रदेश सरकारमातहतमा रहेको हेटौँडा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा सर्वसाधारण मारमा परेका छन् ।
नेपाल चिकित्सक सङ्घले शुक्रबार गरेको आन्दोलनका कारण हेटौँडा अस्पतालमा आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गर्दा नागरिक सामान्य स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् । हेटौँडा बजार क्षेत्रबाट मात्र नभएर ग्रामीण क्षेत्रका नागरिकले समेत उपचार पाउन सकेका छैनन् ।
मकवानपुरको कैलाश गाउँपालिकाको नामटारका वीरमान मोक्तान अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबाट वञ्चित भए। उनले भने, “अस्पतालमा आउँदा ओपिडी सेवा बन्द रहेछ, असहज भइरहेको छ तर उपचार पाउन सकिनँ । लामो समयदेखि बिरामी छु । निजी अस्पतालमा जाने क्षमता छैन । सरकारीमा आउँदा चिकित्सक नै छैनन् ।” अस्पतालको टिकट काट्ने कक्ष सुनसान रहेको छ । ओपिडी कक्षमा ताला झुन्ड्याइएको छ । अस्पतालमा सेवा लिन दूरदराजबाट आएका बिरामी यसै फर्कन बाध्य छन् ।
अस्पतालमा उपचारका लागि आउने वीरमान जस्तै अन्य सेवाग्राही आउँदै अस्पतालको टिकट काट्ने ठाउँमा सोध्दै फर्केका देखिन्थे । उपचारका लागि आएका हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सावित्री महतले उपचार नपाएर फर्कनु परेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने “यस्तो चर्को घाममा उपचार सेवाका लागि आएँ, तर बन्द रहेछ ।” उनले भने, “घरबाट अस्पताल आउँदा र जाँदाको तीन सय रुपियाँ तिर्नु पर्छ । उपचार भने छैन, अब यसै फर्कनुपर्ने भयो ।” उनले स्वास्थ्य समस्या भएर आएको अस्पताल सुनसान रहेछ, डाक्टर देखिएनन् ।
यस्तै हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका कृष्णप्रसाद दाहालले फलोअपका लागि आउँदा ओपिडी सेवा बन्द गरेकाले उपचार नै नगरी फर्कन बाध्य भएको बताउनुभयो । हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागार्ईंले सम्पूर्ण रूपमा सेवा बन्द नगर्ने भनिएकोमा चिकित्सकको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित बनेको बताए। सङ्घको आह्वानमा शुक्रबार सबै सरकारी अस्पताललगायतको आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ताको माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक ३० औँ दिनदेखि आन्दोलनमा उत्रिँदा पनि राज्यबाट कुनै सुनुवाइ नभएपछि सबै सेवा ठप्प पार्न बाध्य भएको सङ्घको भनाइ छ । सङ्घले आफ्ना माग सम्बोधन नभएका कारण देशभरिका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा शुव्रmबारबाट ठप्प पार्ने यसअघि नै चेतावनी दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - १२:०९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...
माघ १९ गते, २०८२ - ११:५१
दमक। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिक...
माघ १९ गते, २०८२ - ११:३७
नेपालगन्ज। बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयर...
माघ १९ गते, २०८२ - ११:२६
हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र...
माघ १९ गते, २०८२ - ११:१५
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोल...
माघ १९ गते, २०८२ - ११:०३
मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित ...
माघ १९ गते, २०८२ - १०:३७
चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अव...
माघ १९ गते, २०८२ - १०:२७
नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न...
माघ १९ गते, २०८२ - १०:११
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...
माघ १९ गते, २०८२ - १०:०२
काठमाडौँ। पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्व...



प्रतिकृया लेख्नुहोस्: