बैतडी। गाउँपालिका र प्रदेश सरकारले ‘एक घर एक धारा’ को नारा लगाएर निर्माण गरेको १२ लाख रुपियाँको खानेपानी योजनाको न पाइपलाइन छ न त धारा नै । ३५ हजार घनमिटरको ट्याङ्कीभित्र पानी खोज्न जाँदा स्थानीयले बाँदरको जस्तो देखिने अस्थिपञ्चर फेला पारेका छन् । स्थानीयवासी आफ्नै भाग्यलाई दोष दिएर एक किलोमिटर टाढाको खोलाबाट पानीको जोहो गर्दै आएका छन् ।
सुर्नया गाउँपालिका–३, तडीगाउँमा आव २०७७/०७८ मा गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको समपूरक बजेटमार्फत १२ लाख रुपियाँमा सो खानेपानी योजना सुरु भएको थियो । योजनाको नाम खालीगैर–तपोवन लिफ्ट खानेपानी राखिएको थियो । गाउँपालिकाले टेण्डरमार्फत अनिरुद्र निर्माण सेवालाई सात लाख रुपियाँमा भुक्तानी दिने सर्तमा योजनाको जिम्मेवारी दिएको थियो ।
क्रमागत भनिएको योजनाको अहिलेसम्म पाइपलाइन, लिफ्ट सामग्री र धारा निर्माण हुन नसक्दा ३५ हजार घनमिटरको ट्याङ्की अलत्र परेको स्थानीय राजेन्द्र भट्टले बताए। उनले, गाउँमा खानेपानीको हाहाकार भएका बेला ट्याङ्कीमा पानी नभएर बाँदरको जस्तो अस्थिपञ्चर भेटिएको बताए।
तडीगाउँको कोयल्ला टोलका ४० भन्दा बढी घरपरिवार आधा घण्टा ओरालो खालीगैर झरेर जर्किनमा पानी बोक्नु पर्दा साह्रै मर्का परेको स्थानीय जानकी भट्टले गुनासो गरे। दैनिक पाँच सात खेप उकाली ओराली गरेर जर्किनमा पानी बोक्नु पर्दा ग्रामीण महिलाको दिनचर्या कष्टकर बनेको उनले बर्ताए।
गाउँ काकाकूल हुँदा पनि चार वर्षदेखि खानेपानी योजना अलपत्र परेको स्थानीयवासी दत्तराम भट्टले बताए। उनले खानेपानीको ट्याङ्कीभित्र पानी हेर्न जाँदा ढेडुवा बाँदरको जस्तो कङ्काल देखिएको उनले बताए।
प्रदेश सरकारसँगको साझेदारीमा समपूरक बजेटमार्फत खानेपानी योजना अघि बढे पनि पर्याप्त बजेट नआएका कारण योजना अलपत्र परेको सुर्नया गाउँपालिकाका अअध्यक्ष अम्मरबहादुर कुँवरले बताए। उनहाँले यो वर्ष प्रदेश सरकारसँग माग गरिने समपूरक योजनाको सूचीमा खानेपानी योजना समेटिने बताए ।
उनले भने, “यो योजना अघिल्लो स्थानीय सरकारका पालाको हो । यद्यपि एक घर एक धारा पानी पुर्याउने गाउँपालिकाको लक्ष्य नै हो । बजेट नहुँदा योजना अलपत्र परेको जानकारी पाएका छौं । यो वर्ष गाउँपालिकाबाट निर्णय गरेर योजना पूरा गर्न प्रदेशसँग बजेट माग गर्दैछौं ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: