Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बाँकेका भूमिहीन दलित र सुकुम्वासीले लालपुर्जा पाउँदै

खबरडबली संवाददाता

खजुरा। बाँकेका भूमिहीन दलित र सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने भएका छन् । भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित र सुकुम्वासलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको हो ।

बाँकेको कोहलपुरमा बसेको सर्वदलीय बैठकबाट बाँकेको कोहलपुरमा रहेका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्ने निर्णय गरिएको भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए। उनले कोहलपुर नगरपालिका वडा नम्बर १ बाट वैशाख २० गतेका दिन लालपुर्जा वितरण कार्य सुरु गरिने बताए

“सर्वदलीय बैठक बसेर कोहलपुरबाट लालपुर्जा वितरण गर्ने निर्णय गरेका छौँ, कोहलपुर नगरपालिका वडा नम्बर १ बाट लालपुर्जा वितरण अभियानलाई सुरु गर्दैछौँ, उक्त वडामा १४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले आयोगमा लालपुर्जाका लागि आवश्यक कागजात पेश गरेको छन् ।” अध्यक्ष खनालले भने, “लालपुर्जा वितरणका लागि अहिलेनै संख्या क्लियर भइसकेको छैन, फाइलहरु अध्ययन र छालबिनकै क्रममा छन्, केही दिनमा क्लियर संख्या निर्धारण हुन्छ, वैशाख २० गते लालपुर्जा वितरणको कार्य सुरुआत गर्दैछौँ ।”

अध्यक्ष खनालका अनुसार कोहलपुरको न्यूरोड चोकमा एक कार्यक्रमको आयोजना गरी लालपुर्जा वितरण कार्य सुरु गरिनेछ । प्रधानमन्त्री एवम् नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा वली वा विभागीय मन्त्रीबाट लालपुर्जा वितरण गर्ने कार्यको उद्घाटन गरिने उनले जानकारी दिए । वैशाख महिनाभरमा जिल्लाभरी करिब तीन हजार भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य आयोगले राखेको उनले बताए।

यसघिका आयोगहरुले काम गर्न बाँकी अधूरा र अपूरा कार्यहरुलाई पनि अगाडि बढाइने उनले बताए। “हामीभन्दा अगाडिका आयोगहरुले बाँकी राखेका कामहरुलाई पनि हामी निरन्तरता दिनेछौँ, पहिलेका अधूरा र अपूरा कार्यहरुको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, नापी कार्यालय नेपालगन्ज बाँके, भूमिसुधार तथा मालपोत कार्यालय कोहलपुर तथा भूमिसुधार तथा मालपोत कार्यालय नेपालगन्ज बाँकेलाई पत्राचार गरी विवरण माग गर्ने तयारी गरेका छौँ ।” अध्यक्ष खनालले भने ।

उनका अनुसार बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा फाइल दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासी छ हजार ७९८ र अव्यवस्थित बसोवासी ४३ हजार २२६ रहेको उनले बताए ।

बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि फारम दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगन्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् । डुडुवा गाउँपालिकाबाट आयोगमा हालसम्म सम्झौता नभएका कारण त्यहाँको विवरण भने अझैसम्म प्राप्त नभैसकेको आयोगले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending