Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

चार महिना म्याद छदै बन्यो तनहुँको बुल्दीखोलाको पुल

खबरडबली संवाददाता

तनहुँ। तनहुँको व्यास नगरपालिका स्थित बुल्दीखोलामा ठेक्का अवधि भन्दा चार महिना अघि नै पुल निर्माण सम्पन्न भएको छ । ज्वालामुखी कन्स्ट्रक्सनले  तीव्र काम गरेर पुल निर्माण सम्पन्न गरेको हो । पुल निर्माण भएसँगै उपभोक्ता खुसी भएका छन् ।

आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता सम्झौता भएको थियो । तर सम्झौता भन्दा चार महिना अगावै पुल सम्पन्न गरेको व्यास नगरपालिकाले जनाएको छ । वैशाखदेखि पुल निर्माण कार्य सुरु गरी एक वर्ष भित्र सम्पन्न गर्न सकिएको  ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी  दिए। व्यास नगरपालिकाको वडा नम्बर १ र २ जोड्ने बुल्दी खोलामाथि कराङकाठ, बसपार्क जाने सडकमा  निर्माणाधीन पुल सम्पन्न भएको हो ।

निर्माण कम्पनीले आफ्नो जिम्मेवारीलाई महत्त्वपूर्ण तवरबाट निर्धारित समय भन्दा अघि काम पुरा गरेर प्रशंसनीय काम गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । समयावधि अघि गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजना अन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ बजेट विनियोजन भएको थियो । पुलको २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । हाल पुल निर्माण गरिएको स्थान नजिक कज वे बाट ृपाइप राखेर बनाइएको अस्थायी संरचनो सवारीसाधन आवतजावत हुँदै आएको थियो ।

पुल बनेसँगै व्यास नगरपालिका–१ मा निर्माण गरिएको बसपार्कमा सवारी पार्किङ गर्न तथा स्थानीय बासिन्दालाई आवत जावतको लागि सहज भएको नगर प्रमुख न्यौपाने बताउछन् ।  पक्की पुल निर्धारित समय भन्दा अघि सम्पन्न भएपछि आवतजावतको लागि सहज भएकोले स्थानीय खुसी भएको व्यास नगरपालिका–१ कराङकाठ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य विष्णुप्रसाद श्रेष्ठले बताए । पाइप राखेर बनाइएको अस्थायी संरचनाको पुल वर्षमायामा बुझिएर स्थानीय बासिन्दालाई भलबाट प्रभावित भएकोमा पुल बनेपछि हर्षित बनेको उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending