Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

पत्रकार विश्वकर्मामाथि आक्रमण गर्नेलाई कारबाही माग

खबरडबली संवाददाता

रुपन्देही । रुपन्देहीका पत्रकार राधेश्याम विश्वकर्मालाई आक्रमणको प्रयास गर्ने समूहमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको छ । मंगलबार नेपाल पत्रकार महासंघ, रुपन्देही र लुम्बिनी प्रेस क्लबले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

पत्रकार महासंघ रुपन्देहीका सदस्य एवं अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लि. (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मालाई सोमबार मर्चवारमा तस्करहरुको समूहले दुव्र्यवहार गर्नुका साथै आक्रमणको प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए ।

यस घटनाले प्रेस स्वतन्त्रता मात्र नभइ मानवअधिकार समेत कुण्ठित भएको आफूहरुको ठम्याई रहेको उनले बताए। ‘घटनापछि पक्राउ परेका व्यक्ति प्रहरी नियन्त्रणबाट भाग्नुले रुपन्देहीको शान्ति सुरक्षा, प्रेस स्वतन्त्रताप्रति राज्यको निकायको हेर्ने दृष्टिकोण, अपराधिक व्यक्तिको मनोबल वृद्धि भएको हाम्रो निष्कर्ष हो, उक्त घटनामा संलग्न सम्पूर्ण पक्षलाई पक्राउरअनुसन्धान गरी कानूनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ रुपन्देही जोडदार माग गर्दछ, ’ज्ञापनपत्रमा उल्लेख छ । पत्रकारमाथि आक्रमणको प्रयास हुँदा प्रहरी अधिकारी मुकदर्शक बन्नु निन्दनीय भएको अध्यक्ष पाण्डेले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारले खिचेका भिडियो डिलिट गर्ने कार्य पत्रकारिता पेशाप्रतिको अपमान भएको बताए । उनले यो घटनामा सुरक्षा निकाय गम्भिर बन्नुपर्ने बताए ।

महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले मर्चवार क्षेत्रमा प्रहरी आफ्नो पेशाप्रति जिम्मेवार नभएको जस्तो अनुभुति भएको बताए । उनले घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरे ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले घटनामा संलग्न दीपेश यादव नेतृत्वको ७–८ जना तस्करहरुको समूहलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरे । पक्राउ गरिएका यादवलाई भगाउन सहयोग गर्ने प्रहरी अधिकारीहरुमाथि पनि छानबीन गरी कारवाही गर्न अध्यक्ष रायमाझीले माग गरे ।

क्लबका महासचिव प्रकाश न्यौपानेले यदी २४ घण्टाभित्र घटनामा संलग्न तस्करहरुको समूह र उक्त समूहका नाइके दीपेश यादवलाई भगाउने प्रहरीलाई कारवाही नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए । पक्राउ गरिएका दीपेश यादव केही समयमै प्रहरी नियन्त्रणबाट भागेको भन्ने गैरजिम्मेवार कुरा प्रहरीले गरेको र यसले तस्करहरुको समूह र प्रहरीबीच साठगाँठ हो कि भन्ने आशंकालाई थप बल पुगेको उनले बताए ।

घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याइ पीडित पत्रकार विश्वकर्मालाई न्याय दिलाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए । सीमा क्षेत्रमा भइरहेको खुलेयाम तस्करीको दृश्य देख्दा एउटा जिम्मेवार पत्रकारले नजरअन्दाज गर्न नसक्ने उनले बताए । यसअघि प्रदेश पत्रकार महासंघले पनि विज्ञप्तीमार्फत दोषीमाथि तत्काल कारबाहीको माग गरेको थियो ।

अध्यक्ष शुक्रऋषि चौलागाईले रुपन्देही प्रहरीलाई तत्काल दोषीमाथि कारबाही प्रकृया अघि बढाउन आग्रह गर्दै घटनामा क्षति भएको सञ्चार सामग्री उपलब्ध गराउन माग गरेका थिए ।

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारको सुरक्षालाई गम्भिरतापूर्वक लिएको बताए । उनले पत्रकारले खिचेका भिडियो डिलिट ९हटाउन० लगाउने कार्यमा संलग्न व्यक्ति उपर कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गर्ने बताए । उनले फरार व्यक्तिको खोजी भइरहेको जानकारी दिए । आगामी दिनमा यस्ता घटना हुन नदिन प्रहरी–प्रशासन थप सचेत हुने उनको भनाइ छ ।

यस्तो थियो घटना

वैशाख ८ गते सोमबार (हिजो) भैरहवाबाट संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा मायादेवी गाउँपालिका–६ स्थित मकरीमा पत्रकार राधेश्याम विश्वकर्मामाथि आफूलाई दीपेश यादव बताउने तस्करहरुको समूहले घेरा हाली दुव्र्यवहारसँगै भौतिक आक्रमणको प्रयास गरेको थियो ।

समाचार संकलन गर्न जाने क्रममा भैरहवा–मर्चवार सडकको मूल खण्डमा खुलेयाम लाइन लागेर विभिन्न सवारीमा भइरहेको तस्करीको दृश्य देखेपछि पत्रकार विश्वकर्माले भिडियो खिच्ने क्रममा तस्करहरुको समूहले आक्रमण प्रयास गरेको थियो ।

दीपेश यादव नेतृत्वको सात–आठ जना तस्करहरुको समूहले पत्रकार विश्वकर्माको झोला खानतलासी गर्नुका साथै क्यामेरा, मिडिया हाउसको परिचयपत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हाली बन्धक बनाएका थिए । त्यस्तै पत्रकार विश्वकर्माले तस्करी भइरहेको दृश्य क्यामेरामा कैद गरेकोमा प्रहरी अगाडि जबरजस्ती उक्त भिडियो उक्त समूहले डिलिट गराएका थिए ।

केही समय बन्धक बनाएपछि भिडियो डिलिट गराएर तस्करहरुले क्यामेरा, परिचयपत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हालेर बन्धक बनाएका थिए । केही समय बन्धक बनाएपछि भिडियो डिलिट गराएर तस्करहरुले क्यामेरा र परिचयपत्र फिर्ता गरेका थिए । तस्करहरुले क्यामेरा खोस्ने क्रममा पत्रकार विश्वकर्माको क्यामेरा समेत टुटफुट भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending