Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

आई लभ यु होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ: घनश्याम भूसाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले प्रमुख तीन दलको कडा आलोचना गर्दै काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा आज मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरे ।

शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको भन्दै उनले सुरुमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।

‘यत्रो आन्दोलन चलिरहेको छ । हाम्रो निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली,’ भूसालले भने । विद्या भट्टराईलाई २०४६ सालको आन्दोलनदेखि आफूले चिनेको भन्दै उनले भने, ‘इमानको साक्षी बस्ने महिला हो उनी । उनी निस्किएकी छन् ।’

अर्थतन्त्रमा संकट, व्यापारी व्यवसायीमा निराशा र जनअपेक्षा पूरा हुन नसकिरहेकाले सरकारप्रति प्रश्न गर्नेहरूलाई जवाफ दिन ११ गते एमालेले शक्ति प्रदर्शन गर्न लागेको भनेर पनि उनले आलोचना गरे । ‘११ गते आई लभ यु केपी बा भन्ने रे !’ भूसालले भने, ‘कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो ।’

देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।

‘मान्छे अलिकति आक्रोशमा आयो भने जोसुकैलाई भत्काइदिन्छु बाख्राको खोर पनि भन्ने स्थिति छ, ग्राउन्ड त्यस्तो छ । यो आक्रोशलाई भजाउनका लागि पुनरुत्थानवादीहरू, अराजकहरू उठाउन लाग्या छन्,’ उनले भने, ‘लोकतन्त्रमा यो ठाउँबाट पार लगाउने भनेको पार्टीले हो । तर पार्टी कस्तो छ भने एमाले जस्तो । यो अवस्था हुनु देशको दुर्भाग्य हो ।’

एमाले र त्यसका अध्यक्ष ओलीको आलोचना गरेपछि उनले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको आलोचना सुरु गरे । उनले कांग्रेसलाई ‘न लायक, न नालायक’ को संज्ञा दिए ।

‘कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । अरू नालायक भए त्यो लायक भएजस्तो देखिन्छ । अरू लायक भए नालायकजस्तो देखिन्छ,’ भूसालले भने ।

‘माओवादी मधेशमा दगुर्दैछ, आँखा काठमाडौंमा छ’  कांग्रेसपछि भूसालले माओवादी केन्द्रको आलोचना गरे । माओवादी केन्द्रलाई उनले ‘लुकिङ लन्डन, टकिङ टोकियो’ शैलीको भनेर आलोचना गरे । नाम माओवादी भए पनि उसको सिद्धान्त र व्यवहार नमिल्ने बताए ।

उनले भने, ‘अर्को हाम्रो सहयात्री छ माओवादी । माओवादीको त सन्दर्भै मिल्दैन । माओवादबाट हेर्दा यसको वर्ग के देखिन्छ, भूराजनीति के देखिन्छ, केही पनि देखिन्न । लुकिङ लन्डन, टकिङ टोकियो देखिन्छ ।’

माओवादीले यो गणतन्त्र हामीले ल्याएको हो र हामीले नै उपभोग गर्नुपर्छ भन्ने गरेको बताउँदै भूसालले भने, माओवादीको आँखा सत्तातिर रहेको बताए । उनले भने, ‘मधेशमा दगुर्दैछ, आँखा काठमाडौंमा छ । झ्यालमा कहाँ बत्ती बोलेको छ त्यता हेर्छ । त्यस्तो कुरा छ हाम्रो प्रियतम् पार्टीको ।’

मधेशवादी दलहरूको पनि आलोचना गर्दै उनले क्षेत्रीय पार्टीले केन्द्रको समस्या समाधान गर्न नसक्ने जिकिर गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको विन्टर अफर २०८२: ग्राहकका लागि विभिन्न प्याकेजसहित आकर्षक सुविधा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...

१३ वर्षदेखि नेपालमा भिसा दुरुपयोग: व्यवसाय नभएका चिनियाँ नागरिक पक्राउ

काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...

विराटनगर रानीबाट ८ थान मोबाइल फेला, लिन आउन प्रहरीको अनुरोध

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...

लमजुङमा चुनावी मैदान तात्यो: पृथ्वीसुब्बा गुरुङलाई कांग्रेस–रास्वपाकाे चुनौती

लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...

नेकपा पुरानै अनुहारले कब्जा, प्रचण्ड मैदान फर्किए, शर्मा–किराती पार्टीबाहिर

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...

विद्यालय हाताभित्रै बसको ठक्कर, चार वर्षीया बालिकाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...

सरकारी स्रोत दुरुपयोग रोक्न आयोगको कदम, खर्च अनुगमन अधिकृत तोकिए

 काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...

जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...

मधेशलाई आत्मसात् नगरेसम्म नेपाली पहिचान अधूरो हुन्छ : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending