Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

आई लभ यु होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ: घनश्याम भूसाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले प्रमुख तीन दलको कडा आलोचना गर्दै काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा आज मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरे ।

शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको भन्दै उनले सुरुमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।

‘यत्रो आन्दोलन चलिरहेको छ । हाम्रो निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली,’ भूसालले भने । विद्या भट्टराईलाई २०४६ सालको आन्दोलनदेखि आफूले चिनेको भन्दै उनले भने, ‘इमानको साक्षी बस्ने महिला हो उनी । उनी निस्किएकी छन् ।’

अर्थतन्त्रमा संकट, व्यापारी व्यवसायीमा निराशा र जनअपेक्षा पूरा हुन नसकिरहेकाले सरकारप्रति प्रश्न गर्नेहरूलाई जवाफ दिन ११ गते एमालेले शक्ति प्रदर्शन गर्न लागेको भनेर पनि उनले आलोचना गरे । ‘११ गते आई लभ यु केपी बा भन्ने रे !’ भूसालले भने, ‘कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो ।’

देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।

‘मान्छे अलिकति आक्रोशमा आयो भने जोसुकैलाई भत्काइदिन्छु बाख्राको खोर पनि भन्ने स्थिति छ, ग्राउन्ड त्यस्तो छ । यो आक्रोशलाई भजाउनका लागि पुनरुत्थानवादीहरू, अराजकहरू उठाउन लाग्या छन्,’ उनले भने, ‘लोकतन्त्रमा यो ठाउँबाट पार लगाउने भनेको पार्टीले हो । तर पार्टी कस्तो छ भने एमाले जस्तो । यो अवस्था हुनु देशको दुर्भाग्य हो ।’

एमाले र त्यसका अध्यक्ष ओलीको आलोचना गरेपछि उनले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको आलोचना सुरु गरे । उनले कांग्रेसलाई ‘न लायक, न नालायक’ को संज्ञा दिए ।

‘कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । अरू नालायक भए त्यो लायक भएजस्तो देखिन्छ । अरू लायक भए नालायकजस्तो देखिन्छ,’ भूसालले भने ।

‘माओवादी मधेशमा दगुर्दैछ, आँखा काठमाडौंमा छ’  कांग्रेसपछि भूसालले माओवादी केन्द्रको आलोचना गरे । माओवादी केन्द्रलाई उनले ‘लुकिङ लन्डन, टकिङ टोकियो’ शैलीको भनेर आलोचना गरे । नाम माओवादी भए पनि उसको सिद्धान्त र व्यवहार नमिल्ने बताए ।

उनले भने, ‘अर्को हाम्रो सहयात्री छ माओवादी । माओवादीको त सन्दर्भै मिल्दैन । माओवादबाट हेर्दा यसको वर्ग के देखिन्छ, भूराजनीति के देखिन्छ, केही पनि देखिन्न । लुकिङ लन्डन, टकिङ टोकियो देखिन्छ ।’

माओवादीले यो गणतन्त्र हामीले ल्याएको हो र हामीले नै उपभोग गर्नुपर्छ भन्ने गरेको बताउँदै भूसालले भने, माओवादीको आँखा सत्तातिर रहेको बताए । उनले भने, ‘मधेशमा दगुर्दैछ, आँखा काठमाडौंमा छ । झ्यालमा कहाँ बत्ती बोलेको छ त्यता हेर्छ । त्यस्तो कुरा छ हाम्रो प्रियतम् पार्टीको ।’

मधेशवादी दलहरूको पनि आलोचना गर्दै उनले क्षेत्रीय पार्टीले केन्द्रको समस्या समाधान गर्न नसक्ने जिकिर गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending