Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

ताप्लेजुङमा शुक्रबारदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबारदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु भएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा मानव पाइला पुगेको अर्थात हिमाल आरोहण भएको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको हो ।

आइतबार सम्पन्न हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरे । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हीरक महोत्सव फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा आयोजना गरिएको छ । लेलेप सदरमुकाम फुङ्लिङदेखि एक दिनको पैदल दूरीमा पर्दछ भने यातायात साधनमार्फत चार घण्टामा पुग्न सकिन्छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र प्रकृतिको उपहार, संरक्षण क्षेत्रमा पर्या पर्यटन समृद्धिको आधार भन्ने नारासहित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या बढाउने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । परिषद्का सदस्य–सचिव मनकुमार राईका अनुसार महोत्सवले कञ्चनजङ्घाको प्रचारप्रसारमा थप टेवा पुग्ने र बाह्य तथा आन्तरिक पर्यटकको आगमन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाई रहेको कञ्चनजङ्घा हिमालको सन् १९५५ मे २५ मा बेलायतका आरोही जर्ज बैण्ड र जो ब्राउनले पहिलो पटक आरोहण गरे । उनिहरुले कञ्चनजङ्घा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बोले जानकारी दिए ।यसअघि २०७३ सालमा पनि कञ्चनजङ्घा आरोहणको ६० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको थियो । 

यता महोत्सवको उद्घाटन गर्दै पर्यटन मन्त्री पाण्डेले नेपालका हिमाल गौरव र स्वाभिमानका प्रतीक भएकाले हिमालको संरक्षण र प्रवद्र्धनमा सरकारले उचित ध्यान दिने बताए । पाण्डेले नेपालका हिमालहरु प्राकृतिक रूपले मनमोहक नभई आध्यात्मिक र धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको बताउनुभयो। हिमालका कारण नेपालीको गौरव र प्राप्त स्वाभिमानलाई जीवन्त राख्न संरक्षण अनिवार्य रहेको उनको भनाइ छ। 

हिमालसँग नेपालीहरूको संस्कार, संस्कृति र जैविक तथा पर्यावरणीय विविधतासँग समेत सम्बन्ध रहेकाले हिमालको संरक्षण र प्रवद्र्धनमा सबैको ध्यान जानुपर्ने मन्त्री पाण्डेले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE