Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सञ्चालनको अन्तिम पर्खाइमा नागढुंगा सुरुङ, कस्ता गाडीले पाउने छन् प्रवेश ?

खबरडबली संवाददाता

काठमाडौं । नागढुंगा सुरुङमार्ग २०८२ को दशैँसम्म सञ्चालनमा आउँदै छ । करिब ९० प्रतिशत काम सकिएको सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको हो । 

यसका मुख्य संरचना बनिसकेका छन् भने अन्य कामहरु चाँडै पूरा हुँदै छन्। फ्लाई ओभर र पश्चिम प्रवेशद्वारमा भने काम बाँकी रहेको छ। २०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग २०८२ को कात्तिकसम्म सञ्चालनमा आउने देखिएको छ । २.६ किलोमिटरको लामो सुरुङ विस्फोटक पदार्थ प्रयोग गरी छेडिएको थियो। १ वर्षअघि २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको थियो। 

पछिल्लो १ महिना स्थानीयको विरोधले काम रोकिन पुग्यो पनि  अहिले सशस्त्र प्रहरीले सुरक्षा दिएसँगै नियमित काम भइरहेको छ।  पूर्वी द्वारमाथिका केही घर चर्किएपछि स्थानीयले विरोध गरेका थिए। उनीहरुका अन्य मागमा सडक विभाग सकारात्मक देखिएको छ।

स्थानीयले सुरुङमार्गमाथिका जग्गाको मुआब्जा माग गरिरहेका छन्। त्यसबाहेक स्थानीयलाई रोजगारी र खानेपानीको व्यवस्था हुनुपर्ने अडान राख्दै आएका छन्। 

सुरुङमार्गको पश्चिम द्वारमा रिफ्रेसमेन्ट सेन्टर बनाउने योजना छ। तर मुआब्जालगायतको विवादले ढिलाइ भइरहेको आयोजनाले जनाएको छ । आयोजनाले प्रवेशद्वारको भित्ता काटेर पहिरो रोकथामका लागि पूर्वाधार तयार भए पनि भत्किएका छन्। त्यसलाई पुनर्निर्माण गर्नुपर्नेछ। 

आयोजनाले सन् २०२५ को अक्टोबर २५ सम्म सक्ने लक्ष्य राखे पनि स्थानीयले रोजगारी, खानेपानीको व्यवस्थापनलगायतको माग राखी अवरोध गर्दा केही ढिलाइ हुने देखिएको छ। आयोजनाले अब अवरोध नभए निर्धारित समयमा काम सकिने दाबी गरेको छ।

सुरुङमार्ग सञ्चालन हुँदा २.५ किमि सडक छोटिने
नागढुंगा नाका काठमाडौं प्रवेशको मुख्य सडक हो । धादिङको सिस्ने खोलादेखि चन्द्रागिरिको बलम्बुको सट्टा सुरुङमार्ग प्रयोग गर्दा सडक २.५ किलोमिटर छोटो हुन्छ। 

काठमाडौंमा दैनिक आवश्यकताका वस्तु उक्त सडक खण्डबाटै भित्रिन्छन्। लोड बोकेका ट्रक उकालोमा बिग्रिने समस्याले कहिलेकाही सडक नै अवरोध हुने गरेको छ। तर नागढुंगा सुरुङमार्ग निर्माण भएसँगै ढुवानीका साधन र यात्रुवाहक बसलाई सबैभन्दा बढी फाइदा पुग्नेछ।

‘काठमाडौं प्रवेश गर्दा उकालो भएकाले ट्रक, बसहरुलाई बढी समय लाग्ने गरेको थियो’, नागढुंगा सुरुङमार्ग आयोजनाका सीडीई सञ्जय पन्थीले भने, ‘सुरुङमार्गबाट गाडी चल्न थालेसँगै ट्रक÷बसहरुलाई आधा घण्टा समय छोटिनेछ। अरु साधनहरु पनि विना अवरोध काठमाडौं प्रवेश गर्नेछन्।’

मुग्लिङबाट काठमाडौं आउँदा फ्लाइओभरको प्रयोग नगरी उपत्यका प्रवेश गर्नुपर्नेछ। काठमाडौंबाट धादिङतर्फ जाने सवारीसाधनले फ्लाइओभरको बाटो प्रयोग गर्नुपर्नेछ। थानकोटतर्फबाट सुरुङमार्ग प्रवेशको छुट्टै मार्ग छ। 

आयोजनाले पूर्वी प्रवेशद्वारका स्थानीयलाई सहज हुने गरी सर्भिस लेन पनि निर्माण गरिरहेको छ। बीच ठाउँबाट सुरुङमार्गको सडक प्रयोग गर्न पाइनेछैन। 

सुरुङमार्ग सञ्चालन गर्नुपूर्व कर्मचारी, विद्युत्, अक्सिजनलगायतका पूर्वाधारको व्यवस्थापन गर्नुपर्छ। सडक विभागको गरेको एक अध्ययनले सुरुङमार्ग व्यवस्थापन गर्न करिब डेढ सय कर्मचारी आवश्यक पर्ने देखिएको छ। सुरुङभित्र कुद्ने गाडीबाट टोल (शुल्क)उठाउने भए पनि प्रतिगाडी कति रुपैयाँ उठाउने मन्त्रिपरिषद्ले निर्धारण गर्नेछ। 

हाल सुरुङमार्गभित्र, लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ। 

आयोजनाका अनुसार मुख्य सुरुङमार्गसँगै अत्यावश्यक हुँदा प्रयोग हुने सहायक सुरुङमार्ग निर्माण गरिएको छ। मुख्य सुरुङमार्ग र सहायक सुरुङमार्ग जोड्ने क्रस प्यासेजको काम पनि भइरहेको छ । मुख्य सुरुङमार्गको २६ सय ८८ मिटरको पेभमेन्टको काम सकिएको छ। रेस्क्यु सुरुङमार्गको २८ सयमध्ये १५ सय मिटरको काम बाँकी छ। पहुँच सडक, र्‍याम्प र अन्य सडकको करिब ९ किमि ९५ मिटरमध्ये ३ किमि सडकको फिनिसिङ बाँकी छ।  

फ्लाइओभरको काम भइरहे पनि केही मुआब्जा दिन बाँकी छ। मुद्दालगायत विवादका कारण ५ प्रतिशत बाँकी छ। 

‘सुरुङमार्गभित्रको कंक्रिट सडक पूरा भइसकेको छ। दुवैतर्फको प्रवेशद्वारमा कंकिटको काम हुँदै छ’, निर्माण कम्पनीका एक इन्जिनियरले भने, ‘सुरुङमार्गभित्र लाइटिङको काम सकिने चरणमा छ। सुरुङको दुवै साइडमा रङरोगन र सडक लेनको लाइनिङ बाँकी छ।’

२.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग जापानी सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपालको आफ्नै स्रोतमा निर्माण भइरहेको छ। सुरुङमार्ग निर्माणका लािग करिब २३ अर्ब रुपैयाँ खर्च हुँदै छ। जापानी निर्माण कम्पनी हाम्जा एन्ड कर्पोरेसनले ठेक्का पाएर यसको काम गरिरहेको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending