Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नेपाल औषधी लिमिटेड दुई महिनादेखि उत्पादन बन्द

खबरडबली संवाददाता

काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले उत्पादन गरेको डेढ करोड बराबरको सिटामोल र जीवनजल बिक्री हुन नसकेको गुनासो आएको छ ।

पहिलाका वर्षको तुलनामा यो वर्ष कम बिक्री भएकाले दुई महिनादेखि डेढ करोड बराबरको सिटामोल र जीवनजल स्टक रहेको लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले जानकारी दिए । 

स्टक रहेको सिटामोल र जीवनजल बिक्री वितरण गर्न आफूले पहल गर्दा पनि बिक्री नभएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग मन्त्रालयलाई बिक्री गर्दिन पहल गरिदिन पत्राचार गरेको उनकाे भनाइ छ । उनि भन्छन्, “हाम्रो तर्फबाट बिक्रीवितरणका लागि सक्दो पहल गरेका छौँ । हाम्रो मात्र पहलले नपुगेर उद्योग र स्वास्थ्य मन्त्रालयललाई समन्वय गरिदिन पत्राचार गरेका छौँ ।” मन्त्रालयको तर्फबाट प्रक्रियामा रहेको जवाफ आउने उनको भनाइ छ ।

उनि भन्छन्, “मन्त्रालयले प्रक्रियामा छौँ भन्दै आएको छ । अलि छिटो बिक्री भएमा नयाँ आर्थिक वर्षका लागि औषधी उत्पादन गर्न सहज हुने थियो । आर्थिक वर्ष सकिन लाग्यो अर्को आर्थिक वर्षमा त्यही अनुसार औषधी उत्पादन गर्नुपर्छ ।” 

लिमिटेडले यो भन्दा पहिले लिमिटेडले सरकारी निकायसँग सम्झौता (जिटुजी)मार्फत  बिक्रेतासँग प्रत्यक्ष सम्पर्क गरेर उत्पादन गरेका उत्पादन बिक्री गर्दै आएको थियो । लिमिटेडले दैनिक तीन लाख ३० हजार ट्याबले उत्पादन गर्दै आएको छ । जीवनजल ४८ हजार उत्पादन गदै आएको छ । 

अघिल्लो आर्थिक वर्षमा सिटामोल र जीवनजल सरकारी र प्राइभेट अस्पतालमा खपत हुँदै आएको थियो । अघिल्लो आर्थिक वर्षमा तीन करोड ट्याबलेट सिटामोल बिक्री भएको थियो । नयाँ आर्थिक वर्षमा उत्पादन बढाउने तयारी गरेको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा प्रेसर, सुगर, कोलेस्ट्रोल लगायतका दीर्घ रोग विरुद्धका औषधी उत्पादन गर्दै आएका छौँ ।

अहिले लिमिटेडले १२ वटा प्रोडक्ट उत्पादन गदै आएको छ । आगामी आर्थिक वर्षमा २० वटा प्रोडक्ट बनाउने लक्ष्य रहेको उनले सुनाए । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधी खरिद प्रक्रिया अगाडि नबढाउँदा यस्तो समस्या निम्तिएको बताए । 

औषधी खरिद बिक्री किराना पसलबाट सामान किनेजस्तो नभएको डा. बुढाथोकीले टिप्पणी गरे । सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियामा सहभागी भई कागजात पूरा भएमा लिमिटेडले नै टेन्डर पाउने डा.बुढाथोकीको भनाइ छ ।

मन्त्रालय  स्थानीय उद्योगलाई सधै प्रोत्साहन गर्ने डा. बुढाथोकीले जिकिर गरे । उनि भन्छन्, “मन्त्रालयले सधै घरेलु र स्थानीय उद्योगलाई प्रोत्साहन गर्छ । मन्त्रालय विधिमा चल्छ । उहाँको उत्पादन विदेशीको भन्दा सस्तो हुनेमा विश्वस्त छौँ ।सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियामा सहभागी भएर कागजात पूरा गर्नुभयो भने टेन्डर उहाँहरूले नै पाउनुहुन्छ त्यसमा दुई मत छैन । त्यसमा समावेश नभएर किराना पसलबाट समान किनेजस्तै भनेपछि यो नभएको हो ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending