काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले उत्पादन गरेको डेढ करोड बराबरको सिटामोल र जीवनजल बिक्री हुन नसकेको गुनासो आएको छ ।
पहिलाका वर्षको तुलनामा यो वर्ष कम बिक्री भएकाले दुई महिनादेखि डेढ करोड बराबरको सिटामोल र जीवनजल स्टक रहेको लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले जानकारी दिए ।
स्टक रहेको सिटामोल र जीवनजल बिक्री वितरण गर्न आफूले पहल गर्दा पनि बिक्री नभएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग मन्त्रालयलाई बिक्री गर्दिन पहल गरिदिन पत्राचार गरेको उनकाे भनाइ छ । उनि भन्छन्, “हाम्रो तर्फबाट बिक्रीवितरणका लागि सक्दो पहल गरेका छौँ । हाम्रो मात्र पहलले नपुगेर उद्योग र स्वास्थ्य मन्त्रालयललाई समन्वय गरिदिन पत्राचार गरेका छौँ ।” मन्त्रालयको तर्फबाट प्रक्रियामा रहेको जवाफ आउने उनको भनाइ छ ।
उनि भन्छन्, “मन्त्रालयले प्रक्रियामा छौँ भन्दै आएको छ । अलि छिटो बिक्री भएमा नयाँ आर्थिक वर्षका लागि औषधी उत्पादन गर्न सहज हुने थियो । आर्थिक वर्ष सकिन लाग्यो अर्को आर्थिक वर्षमा त्यही अनुसार औषधी उत्पादन गर्नुपर्छ ।”
लिमिटेडले यो भन्दा पहिले लिमिटेडले सरकारी निकायसँग सम्झौता (जिटुजी)मार्फत बिक्रेतासँग प्रत्यक्ष सम्पर्क गरेर उत्पादन गरेका उत्पादन बिक्री गर्दै आएको थियो । लिमिटेडले दैनिक तीन लाख ३० हजार ट्याबले उत्पादन गर्दै आएको छ । जीवनजल ४८ हजार उत्पादन गदै आएको छ ।
अघिल्लो आर्थिक वर्षमा सिटामोल र जीवनजल सरकारी र प्राइभेट अस्पतालमा खपत हुँदै आएको थियो । अघिल्लो आर्थिक वर्षमा तीन करोड ट्याबलेट सिटामोल बिक्री भएको थियो । नयाँ आर्थिक वर्षमा उत्पादन बढाउने तयारी गरेको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा प्रेसर, सुगर, कोलेस्ट्रोल लगायतका दीर्घ रोग विरुद्धका औषधी उत्पादन गर्दै आएका छौँ ।
अहिले लिमिटेडले १२ वटा प्रोडक्ट उत्पादन गदै आएको छ । आगामी आर्थिक वर्षमा २० वटा प्रोडक्ट बनाउने लक्ष्य रहेको उनले सुनाए । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधी खरिद प्रक्रिया अगाडि नबढाउँदा यस्तो समस्या निम्तिएको बताए ।
औषधी खरिद बिक्री किराना पसलबाट सामान किनेजस्तो नभएको डा. बुढाथोकीले टिप्पणी गरे । सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियामा सहभागी भई कागजात पूरा भएमा लिमिटेडले नै टेन्डर पाउने डा.बुढाथोकीको भनाइ छ ।
मन्त्रालय स्थानीय उद्योगलाई सधै प्रोत्साहन गर्ने डा. बुढाथोकीले जिकिर गरे । उनि भन्छन्, “मन्त्रालयले सधै घरेलु र स्थानीय उद्योगलाई प्रोत्साहन गर्छ । मन्त्रालय विधिमा चल्छ । उहाँको उत्पादन विदेशीको भन्दा सस्तो हुनेमा विश्वस्त छौँ ।सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियामा सहभागी भएर कागजात पूरा गर्नुभयो भने टेन्डर उहाँहरूले नै पाउनुहुन्छ त्यसमा दुई मत छैन । त्यसमा समावेश नभएर किराना पसलबाट समान किनेजस्तै भनेपछि यो नभएको हो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: