तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वीखण्डमा पर्ने तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । राजमार्गको अन्यन्त्र काम धमाधम भइरहेको बेला लामो समयपछि दमौलीमा सडक विस्तार भएको हो ।
कालोपत्र भएसँगै धुलो उडेर प्रदुषणले सास्ती पाएका स्थानीयलाई सहज भएको छ । पूर्वी खण्डको काम यही आर्थिक वर्षभित्र सक्ने गतिमा अघि बढेको अयोजनाले जनाएको छ ।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दमौली बजार, विमलनगर र नाहाला पुल आसपास गरी करिब पाँच किमी मात्र कालोपत्रको कामलाई तिब्रता लिएको छ ।
दमौली बजार क्षेत्रमा बेसको काम सकेर कालोपत्रे गर्न थालिएको र विमलनगर क्षेत्रमा पनि रक कटिङ र तलबाट टेवा पर्खाल लगाएर उठाउने दुवै काम तदारुकताकासाथ भईरहेको छ । ८२ प्रतिशत भौतिक प्रगति भएको र कालोपत्रेको काम ८६ प्रतिशत पुरा भएको छ । पूर्वी खण्डको चार लेनमा पहिलो तहको कालोपत्र ३७ं दशमलव २६ किमी भइसकेको छ भने दोस्रो तहको कालोपत्रे ३० दशमलव ६ किमीमा भएको छ ।
पूर्वी खण्डको ४१.४५ सडकमध्ये अब कतै कालोपत्रे नभएको खण्ड करिब पाँच किमी छ । यो खण्डमा बन्नुपर्ने १७ पुलमा सबै बनिसकेका छन् । ती पुलमा आवतजावत गर्न मिले पनि पेन्टिङ, फिनिसिङका केही काम भने बाँकी छन् । छुट्टै ठेक्का लगाइएको मादी पुलको भौतिक प्रगति ६८ प्रतिशत छ ।
पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक बिस्तार गरिएको हो ।
पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यो खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्दै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: