Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

पूर्वको चर्चित पर्यटकीय स्थल मुन्दुम ट्रेलसँग जोडिने ‘रेडपाण्डा तथा थार ट्रेल’ सुरु

खबरडबली संवाददाता

खोटाङ । पूर्वको चर्चित पर्यटकीय स्थल मुन्दुम ट्रेलसँग जोडिने ‘रेडपाण्डा तथा थार ट्रेल’ सुरु भएको छ । मुन्दुम ट्रेलको तीनथुम्कीमा पुगेर जोडिने गरी खोटाङको हुर्लुङबाट ‘रेडपाण्डा तथा थार ट्रेल’ अभिनेता दयाहाङ राईले उद्घाटन गरेर सुरु गरिएको हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हुर्लुङबाट रुपाकोट हुँदै तीनथुम्कीमा पुगेर मुन्दुम ट्रेलसँग जोडिने ट्रेल अभिनेता राईले उद्घाटन गरेर पदयात्रा सुरु गरिएको छ । ‘रेडपाण्डा तथा थार ट्रेल’मार्फत रुपाकोटबाट बगरेभञ्ज्याङ–छाँगे–सिकुरीभञ्ज्याङ–लहरेमाने–साप्सुधाप–मेरुङ हुँदै तीनथुम्की पार गरेर मुन्धुम ट्रेलको यात्रामा निस्कन सकिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । ‘रेडपाण्डा तथा थार ट्रेल’ उद्घाटनसँगै ट्रेलमा पदयात्रा गरेर एक दिन रुपाकोटबाट डाँडामा अभिनेता राईसहितको टिम बास बसेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा वैशाख १ र २ गते दुई दिने रेडपाण्डा तथा थार महोत्सव आयोजना गरिएको थियो । हुर्लुङमा आयोजित महोत्सव वैशाख १ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरेका थिए । 

गत माघ १ गतेदेखि सुरु गरिएको मुन्धुम ट्रेल भ्रमण वर्ष २०२५ को प्रवद्र्धनमा नगरपालिकाले बैसाख १ र २ गते रेडपाण्डा र थार महोत्सव आयोजना गरेको हो । मुन्धुम ट्रेल आसपासमा पर्ने खोटाङ र भोजपुरका स्थानीय तहले मुन्धुम ट्रेल भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रमहरु गरिरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने मुन्धुम ट्रेल भ्रमण वर्षलाई जोडेर रेडपाण्डा र थार महोत्सव आयोजना गरेको हो । रेडपाण्डा र थारको संरक्षण गर्दै आन्तरिक तथा वाह्य पर्यटकलाई मुन्धुम ट्रेल भ्रमण वर्षप्रति आकर्षित गर्नका लागि महोत्सव गर्ने निर्णय गरिएको मेयर भट्टराईले बताए । 

महोत्सव स्थलमा राई, मगर, ब्राह्मण, खस/क्षेत्री, शेर्पा, तामाङ, गुरुङ लगायतका जातजातीको परिकार, जातीय भेषभुषा, पहिचानजन्य सामग्री लगायत प्रदर्शनमा राखिएको थियो । महोत्सव अन्तरगत रुपाकोटडाँडामा एक रात गोठबास साथै गोठाले जुहारी कार्यक्रम राखिएको मेयर भट्टराईले बताए । 

अभिनेता दयाहाङ राई महोत्सवको प्रमुख आकर्षणको केन्द्र बनेका थिए । महोत्सवका कारण हुर्लुङमा करिब १० हजार मानिसको उपस्थिति रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending