Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

बाढीले क्षतिग्रस्त बिपी राजमार्गकाे चार खण्डमा पुनर्निर्माण हुँदै

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो ।

कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ । यस्तै एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको कार्यालयले जनायो । उसका अनुसार काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान गरिसकिएको छ । क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्दा साबिककै सडक ट्रयाकबाटै सडक पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीबाट चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीबाट चार सय बेँसीसम्मको आठ दशमलव पाँच किलोमिटर सडक तथा सन्धुलीतर्फ बर्खेखोलाबाट नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार बिपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि नेपाल सरकारबाट रु आठ अर्ब ५० करोड बजेट सुनिश्चितता प्राप्त भएको छ । उक्त बजेटमध्येबाट काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीतर्फको खण्डका लागि एक रु अर्बले सडकको स्थायी पुनर्निर्माण गरिनेछ ।

बर्खेखोलाबाट डालाबेँसीसम्मको पाँच दशमलव पाँच किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग छलफल भइरहेको र जाइकाले स्थलगत अध्ययन गरिरहेकाले उक्त सडकखण्ड पुनर्निर्माणका लागि जापान सरकार करिब तयारजस्तै देखिएको योगशले बताए । “उक्त सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउने खालका नयाँ काम हुनसक्ने देखिन्छ, यसका लागि जाइकासँग छलफल चलिरहेको छ, हालको अवस्था हेर्दा जाइकाले चासो दिइरहेकाले हामीले उक्त खण्डको बोलपत्र निकाल्न कुरेका हौँ,” उनले भने ।

उक्त  सडकखण्डका सानासाना मोडलाई सिधा बनाउन पाँच सय मिटरसम्मका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने योगेशको भनाइ छ । उनले सूचना प्रकाशित गरिएका सडकखण्डको पुनर्निर्माण गर्न जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य राखिएको बताए । 

यस्तै क्षतिग्रस्त राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुईवटा गाडी सहज रूपमा गुड्नेगरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ ।

कार्यालयले पहिलो चरणमा भकुन्डेबाट नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । हाल बिपी राजमार्गको उक्त सडकखण्डमा आउँदो मनसुनको समयमा यातायात सञ्चालन गराउन कार्यालयले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ । योगेशले दैनिक विभिन्न ३७ उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताए । वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलाकै निर्माण सामग्रीबाट सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाइरहेको उनको भनाइ छ । “वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउनेलगायतको अस्थायी काम सक्नेछौँ”, उनले भने । 

यसैबिच बिपी राजमार्गको डालाबेसी–बर्खेखोला’ पाँच दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि जाइकाले डिजाइन थालेको छ । सरकारले चारवटा प्याकेज बनाएर निर्माण गर्ने प्रक्रिया थालेपछि चारमध्ये एक खण्ड जाइकाले डिजाइन थालेको हो । सडक विभागका इन्जिनियर शुभराज न्यौपानेका अनुसार जाइकाले डिजाइन गर्दै गरेको खण्डबारे उसैले निर्माण गर्ने/नगर्नेबारे टुङ्गो भने लागेको छैन । यसअघि बाढीले क्षति पुगेपछि पनि जाइकाको टोलीले क्षतिग्रस्त राजमार्गको अध्ययनसमेत गरेको थियो ।

जाइकाले अध्ययन गरे पनि क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्नेबारे कुनै प्रतिक्रिया नदिएपछि हाल सरकारले चार प्याकेज बनाएर तीनखण्डको ठेक्का आह्वान गरिसकेको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । 

खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ साल असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक भागबन्डामा नियुक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...

एनपीएलः लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...

देशभर १५० स्थानीय तह हाकिमविही हुँदा सेवाग्राही मारमा

काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...

मानव अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्न माग गर्दै नागरिक समाजकाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...

ताप्लेजुङमा अवैध ६ सय केजी बढी माछा नष्ट

ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...

जेनजी प्रदर्शनमा आयोग जोगाउने सशस्त्र प्रहरी सम्मानित

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी इन्जिनियरको नियुक्ति लिएको आरोपमा मुद्दा

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending