Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

'पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार'

खबरडबली संवाददाता

वासिङ्टन । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको बताएका छन् ।

ट्रम्पले मस्को र किएभलाई युद्धविराममा सहमत हुन दबाब दिइरहनुभएको छ तर रुसी र अमेरिकी अधिकारीहरूबिच बारम्बार वार्ता भए पनि क्रेमलिनबाट कुनै ठुलो सहुलियत प्राप्त गर्न असफल भए । 

शुक्रबार ट्रम्पका विशेष दूत स्टिभ विटकफले सेन्ट पिटर्सबर्गमा पुटिनसँग भेट गरे । रिपब्लिकन राष्ट्रपति ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्केपछि उनिहरूको यो तेस्रो बैठक थियो । सोमबार टेलिभिजनमा प्रसारण गरिएको फक्स न्यूजको अन्तर्वार्तामा विटकेफले शान्ति सम्झौता ‘उदय हुँदै’ गरेको आफूले देखेको र पुटिनका दुई प्रमुख सल्लाहकार युरी उसाकोभ र किरिल दिमित्रिभ ‘प्रभावशाली बैठक’ मा रहनुभएको बताए । 

“पुटिनको अनुरोध यहाँ स्थायी शान्ति होस् भन्ने हो । त्यसैले युद्धविरामभन्दा पर हामीले त्यसको जवाफ पायौँ”, विटकफले भने, “हामीलाई यो ठाउँमा पुग्न केही समय लाग्यो, मलाई लाग्छ हामी केही कुराको नजिक हुन सक्छौँ जुन विश्वव्यापी रूपमा धेरै, धेरै महत्त्वपूर्ण हुनेछ ।” उनले रुस र संयुक्त राज्य अमेरिका बीचको व्यापारिक सम्झौताहरू पनि वार्ताको हिस्सा रहेको बताए । 

“मलाई लाग्छ केही धेरै आकर्षक व्यापारिक अवसरमार्फत रुसी–अमेरिकी सम्बन्धलाई पुनः आकार दिने सम्भावना छ, जसले यस क्षेत्रमा वास्तविक स्थिरता दिन्छ भन्ने मलाई लाग्छ”, उनले भने । कूटनीतिक उथलपुथलका बावजुद युक्रेन युद्धविराम प्राप्त गर्ने ट्रम्पको मुख्य उद्देश्यमा थोरै अर्थपूर्ण प्रगति भएको छ ।

पुटिनले गत महिना द्वन्द्वमा पूर्ण र बिना शर्त विरामका लागि अमेरिका–युक्रेनी संयुक्त प्रस्तावलाई अस्वीकार गरे भने क्रेमलिनले कृष्ण सागरमा युद्धविराम गरेको छ र पश्चिमले केही प्रतिबन्धहरू हटाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending