काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरूको रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताएका छन् ।
लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा आयाेजना गरेकाे नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले आजको स्वतन्त्रता र अधिकार त्यतिकै प्राप्त नभएको बताएका हुन् ।
उनले लामो संघर्ष र हजारौंको बलिदानीबाट मात्रै अहिलेकाे परिवर्तन सम्भव भएकाले यो अधिकारको महत्वलाई बुझेर त्यसको संरक्षणमा गम्भीर हुनुपर्नेमा सिंहकाे जाेड छ ।
'हामीले अधिकारलाई मात्रै उपभोग गर्न खोजेर हुँदैन । अधिकारसँगै जोडिएर आउने दायित्व र कर्तव्यहरूको पनि पालना गर्नुपर्छ,' अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा भएको स्मरण गर्दै मन्त्री सिंहले भने, 'हामीले पाएको अधिकारको संरक्षण हुने कि नहुने भन्ने कुरा हामीले नै गर्ने व्यवहारमा भर पर्दछ ।'
उनले प्राप्त अधिकार संस्थागत गर्दै राजनीतिक स्थायित्व कायम गरेर समृद्धिकाे बाटाेमा अघि बढ्नुपर्ने धारणा राखे । अधिकारको महत्व नबुझेका कतिपयले अहिले व्यवस्थामाथि नै प्रश्न गरिरहेको सिंहले बताए ।
अधिकार खोसिनुको पीडा भोग्ने र बुझ्नेहरूलाई थाहा भएकाे भन्दै उपप्रधानमन्त्री सिंहले पुरानै व्यवस्थामा फर्किने विषयमा कल्पनासम्म पनि गर्न नसक्ने बताए । जनतामा रहेको निराशालाई असल काम र व्यवहारले चिर्दै जानुपर्नेमा उनले जोड दिए । नयाँ वर्षकाे अवसरमा उनले सबैलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: