काबुल । अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि यहाँका लाखौं मानिस भोकमरीको गम्भीर जोखिममा परेका छन् । संयुक्त राष्ट्र अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार अहिले उनीहरूसँग सीमित स्रोत मात्र बाँकी छ, जसले गर्दा सबैलाई आवश्यक सहायता दिन असम्भव भएको छ ।
डब्लुएफपीका अनुसार अफगानिस्तानमा करिब ४५ लाख मानिसलाई खाद्य सहायता आवश्यक छ । तीमध्ये ३१ लाख मानिस अकालको मुखमा छन् । अहिलेको अवस्थाअनुसार, वर्षभरि जम्मा आठ लाख मानिसलाई आधा परिमाणमा मात्र खाद्य सहायता दिन सकिने छ । डब्लुएफपी अफगानिस्तानका प्रमुख मुइन्टा चिमुकाले भने, “हामीसँग निकै थोरै स्रोत छ । अझै सहयोग प्राप्त भएन भने, हामीले केही समुदायलाई भन्नु पर्छ कि हामी तपाईंहरूलाई सहयोग गर्न सक्दैनौं । त्यसपछि उनीहरू कसरी बाँच्ने ?”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि सबै विदेशी सहायता तीन महिनाका लागि रोक्ने निर्णय गरे । आपतकालीन सहायता छुट हुने भनिए पनि अफगानिस्तानसहित १४ देशका लागि सहायता कटौती गरिएको छ । केही देशको सहायता पछि पुनः बहाल गरिएको भए पनि अफगानिस्तानमा कटौती यथावत् छ ।
संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा बेरोजगारी, गरिबी र अन्य देशबाट फिर्ता आएका मानिसहरूका कारण स्थिति झन् जटिल हुँदै गएको छ । खाद्यान्नको अभाव, कृषि क्षेत्रमा समस्या र पोषणको कमिले लाखौं जनताको जीवन सङ्कटमा परेको छ । संयुक्त राष्ट्रले सबै दाताहरूसँग अपील गर्दै भनेको छ, “यदि हामीले तुरुन्त सहयोग जुटाउन सकेनौँ भने, अफगान जनतालाई भोक र पीडाबाट जोगाउन गाह्रो पर्छ । दीर्घकालीन समाधानका लागि अहिले नै कदम चाल्न जरुरी छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: