काबुल । अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि यहाँका लाखौं मानिस भोकमरीको गम्भीर जोखिममा परेका छन् । संयुक्त राष्ट्र अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार अहिले उनीहरूसँग सीमित स्रोत मात्र बाँकी छ, जसले गर्दा सबैलाई आवश्यक सहायता दिन असम्भव भएको छ ।
डब्लुएफपीका अनुसार अफगानिस्तानमा करिब ४५ लाख मानिसलाई खाद्य सहायता आवश्यक छ । तीमध्ये ३१ लाख मानिस अकालको मुखमा छन् । अहिलेको अवस्थाअनुसार, वर्षभरि जम्मा आठ लाख मानिसलाई आधा परिमाणमा मात्र खाद्य सहायता दिन सकिने छ । डब्लुएफपी अफगानिस्तानका प्रमुख मुइन्टा चिमुकाले भने, “हामीसँग निकै थोरै स्रोत छ । अझै सहयोग प्राप्त भएन भने, हामीले केही समुदायलाई भन्नु पर्छ कि हामी तपाईंहरूलाई सहयोग गर्न सक्दैनौं । त्यसपछि उनीहरू कसरी बाँच्ने ?”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि सबै विदेशी सहायता तीन महिनाका लागि रोक्ने निर्णय गरे । आपतकालीन सहायता छुट हुने भनिए पनि अफगानिस्तानसहित १४ देशका लागि सहायता कटौती गरिएको छ । केही देशको सहायता पछि पुनः बहाल गरिएको भए पनि अफगानिस्तानमा कटौती यथावत् छ ।
संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा बेरोजगारी, गरिबी र अन्य देशबाट फिर्ता आएका मानिसहरूका कारण स्थिति झन् जटिल हुँदै गएको छ । खाद्यान्नको अभाव, कृषि क्षेत्रमा समस्या र पोषणको कमिले लाखौं जनताको जीवन सङ्कटमा परेको छ । संयुक्त राष्ट्रले सबै दाताहरूसँग अपील गर्दै भनेको छ, “यदि हामीले तुरुन्त सहयोग जुटाउन सकेनौँ भने, अफगान जनतालाई भोक र पीडाबाट जोगाउन गाह्रो पर्छ । दीर्घकालीन समाधानका लागि अहिले नै कदम चाल्न जरुरी छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: