Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

सामाजिक सञ्जाल चैत मसान्तसम्म दर्ता नभए बन्द बन्द हुने

खबरडबली संवाददाता

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् । 

रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै सञ्‍चारमन्त्री सुब्बाले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिए । उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्‍द गर्छौं ।’

सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालमा जथाभावी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ताका लागि अनुरवध गर्नु परेको बताए । उनले सामाजिक सञ्जाल अरू देशमा दर्ता भएर चल्‍ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि राजश्व बुझाउनु पर्ने बताए ।

‘छिमेकी मुलुक भारतलगायतका विभिन्न देशहरूमा फेसबुकलगायतका सामाजिक सञ्जालले दर्ता भएर राजश्व तिरिरहेको  छ । तर, नेपालमा बिना दर्ता नै चलिरहेको छ । अब फेसबुक, एक्स र युटुबलगायतकाले राजश्व तिर्नुपर्छ ।’

उनले सामाजिक सञ्जालबाहेकका अनलाइन मिडियाहरू बन्द गर्ने सरकारको कुनै मनसाय नरहेको भन्‍दै चलाउन कुनै रोकटोक नहुने बताए । ‘सरकारले अनलाइन मिडियाहरू पनि बन्द गर्दैछ/नियमन गर्दैछ भन्‍ने हल्ला जुन चलेको छ, त्यो भ्रम हो । संविधानमा दिएको प्रेस स्वतन्त्रताको हक कायम हुन्छ ।’

साथै उनले सरकारले प्रेस काउन्सिलको विधेयक पनि चाँडै आउने बताए । काउन्सिलमा अध्यक्ष कस्तो बनाउने भन्‍ने विवादलाई समाधान गरेर चाँडै ल्याउने सरकारको तयारी रहेको उनको थियो । यस्तै साइबर सेक्यूरीटीको विधेयक पनि सरकारबाट पास गरेर आउँदो संसदमा पेश गर्ने सरकारको तयारी गरिहहेको उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending