Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब

खबरडबली संवाददाता

काठमाडौं  । भारतको उत्तर प्रदेश राज्यको पूर्वमुख्यमन्त्री मायावतीकै आफन्त एक महिलाले प्रहरी समक्ष अनौठो उजुरी गरेकी छन् । पूर्वमुख्यमन्त्री मायावतीकी भदैनीले पतिबाट बच्चा नहुने भएपछि आफूलाई जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब दिएको भन्दै पति र उनको परिवारका सदस्यविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । जेठाजु र ससुराले आफूलाई बलात्कारको प्रयास गरेको समेत उनले उजुरीमा उल्लेख गरेकी छन् ।

उनी विवाहपछि पति र उसको परिवारसँग उत्तर प्रदेशकै हापुडस्थित घरमा बस्दै आएकी थिइन् । पीडित महिलाकी सासु हापुड नगरपालिकाकी अध्यक्ष रहेको बताइएको छ । ससुरा भने बहुजन समाजवादी पार्टीका नेता हुन् ।

विवाहको केही समयपछि पति विशाल, ससुरा श्रीपाल सिंह, सासु पुष्पादेवी, जेठाजु भुपेन्द्र ९मोनु०, जेठानी निशा, नन्द शिवानीसहितले अतिरिक्त दाइजोको माग गरेको पनि पीडितले खुलासा गरेकी छन् । उनीहरूले एउटा फ्ल्याट र ५० लाख रुपैयाँ नगदको माग गरेको बताइएको छ । दाइजोका लागि दबाब बनाउन आफूलाई कुटपिटसमेत गरेको पीडित महिलाको भनाइ छ ।

शारीरिक सुगठनका क्रममा पतिले स्टेरायडको इन्जेक्सन लिएका कारण नपुंसक भएको भन्दै पीडित महिलाले आफूलाई बच्चा जन्माउनका लागि पतिका परिवारले जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब दिएको उजुरीमा उल्लेख गरेकी छन् ।

१७ फेब्रुअरीको रात आफूलाई जेठाजु र ससुराले निर्घात कुटपिटका साथै बलात्कारको प्रयाससमेत गरेको उनको भनाइ छ । २१ मार्चकै दिन प्रहरीमा उजुरी गरे पनि कारबाही नभएपछि अदालत समक्ष न्याय माग गरेको र अदालतको आदेशपछि प्रहरीले आरोपितविरुद्ध मुद्दा दायर गरेर कारबाही अघि बढाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending