काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ ।
प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबारको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप लगाए । ‘उत्तेजित गराउने काम सरकारले गर्यो । हाम्रो बुझाइ– त्यो घटना नियोजित रुपमा गरेको छ,’ सांसद प्रधानले भने, ‘मैले आरोप लगाएँ– प्रधानमन्त्री चुक्नुभएको छ । उक्साहटको काम उहाँले गर्नुभएको छ ।’
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको थियो भने तोडफोड र आगजनीबाट निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।
सोही दिन प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधरहरुले गरेको प्रदर्शन सभ्य थियो । राजावादीहरुले गरेको प्रदर्शन भने तनावपूर्ण भएको थियो ।
राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको जिकिर गरे । ‘राजावादी र गणतन्त्रवादी भनेर कम्पेयर गर्न खोजियो । यो ठिक र त्यो बेठीक भन्न खोजियो । प्रधानमन्त्रीले शान्त भनेको सभामा टियर ग्यास हानिएको थियो भने शान्त हुन्थ्यो ?’ प्रधानले प्रश्न गरे ।
पृष्ठभूमि ख्याल नगरी घटनाको वास्तविकता बुझ्न नसकिने उल्लेख गर्दै उनले थपे, ‘राष्ट्रियगान बज्दै गर्दा टियर ग्यास हानिएको छ । अन्तिमसम्म ७–८ सय टियर ग्यास हानियो । यसले देखाउँछ– उत्तेजित गराउने काम सरकारले नै गर्यो ।’
उनले थपे, ‘त्यो दिन चेन अफ कमान्ड ब्रेक भएको छ । नेतृत्वको हिसाबले प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।’
तीनकुने घटनाको निश्पक्ष छानबिन गरेर सही निचोडमा पुग्न न्यायीक आयोग गठन गर्नुपर्ने उनले बताए । आफूहरुले सरकार र प्रधानमन्त्रीलाई जिम्मेवार देखेको तर सरकारले अस्विकार गरिरहेको अवस्थामा न्यायीक आयोग बनाइनु उपयुक्त हुने उनको राय छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - २०:५८
काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...
माघ १५ गते, २०८२ - २०:५६
काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...
माघ १५ गते, २०८२ - २०:१२
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...
माघ १५ गते, २०८२ - २०:०७
सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...
माघ १५ गते, २०८२ - २०:०३
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...
माघ १५ गते, २०८२ - २०:००
काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...




प्रतिकृया लेख्नुहोस्: