माेरङ । एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थानीयमा थप त्रास पैदा भएको छ ।
कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानामा रहेको जिरिखिम्तीस्थित मोरङ्गी खोला र डाँस खोलाबीचमा रहेको करिब एक किलोमिटर सडक निर्माणकै समयमा गलत स्थानमा बनाइँदा अहिलेसम्म स्थानीयले झमेला व्यहोर्दै आएका छन् ।
नक्सामा हेर्ने हो भने उक्त सडक हाल सञ्चालनमा रहेको सडकभन्दा करिब २५-३० फुट दक्षिणमा रहेको देखिन्छ । तर, सडक निर्माणकै समयमा एकापट्टी सडक बनाएर अर्कोतर्फ नक्सामा कायम गर्दा वर्षौंसम्म स्थानीयले पीडा भोग्दै आएका छन् ।
स्थानीयका अनुसार आफ्नो घर तथा जग्गाको नक्सामा सडक देखाइदिँदा न आफ्ना घर-जग्गा बिक्री भएका छन्, न त बैंकिङ कारोबार नै गर्न पाएका छन् । वर्षौंदेखि भोग्दै आएको सोही समस्याले उक्त सिंगो गाउँ नै विकास निर्माणमा पछि परेको समेत स्थानीय बताउँछन् ।
उक्त स्थानमा पेट्रोल पम्प सञ्चालन गर्न केही व्यवसायी आएर जग्गाको कारोबार गर्ने क्रममा समेत सोही जग्गाको समस्याका कारण प्रक्रिया अघि बढ्न नसक्दा पम्प सञ्चालन नै हुन नसकेको उदाहरण समेत रहेको छ ।
सार्क राष्ट्रलाई जोड्ने नेपाल सरकारकै गौरबको योजनाअन्तर्गत रहेको एसियन हाइवे निर्माणका क्रममा समस्या समाधान हुन नसक्दा उक्त क्षेत्रमा सडक निर्माण प्रक्रिया हाललाई स्थगित गरिएको छ । तर, डाँस खोला र मोरङ्गी खोलामा नयाँ सडक निर्माण अन्तर्गत पुल समेत सम्पन्न हुन लागेको छ, जसले गर्दा स्थानीय थप त्रासमा रहेका छन् । सडक निर्माण आयोजना प्रमुख जगत प्रजापतिसँग यस विषयमा बुझ्दा उक्त समस्या समाधान नभई जिरिखिम्ती क्षेत्रमा सडक विस्तार नगरिने र समस्या समाधानका लागि चरणबद्ध छलफल भइरहेको बताउँछन् ।
सन् २०२०-२२ तिर निर्माण भएको उक्त सडक निर्माणका क्रममा भएको लापरबाहीले हालसम्म आफूहरू समस्या भोगिरहनु परेको स्थानीय पीडित मदन पोखरेल बताउँछन् ।
हाल उक्त क्षेत्रमा दर्जनौं घर परिवारले सोही समस्या भोग्दै आइरहेका छन् । वर्षौंदेखि आफूहरूले मालपोत तिर्दै आएको जग्गाको समस्या समाधान राज्य पक्षबाट नहुँदा आजित भएको पोख्रेल बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: