धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा आज बसेको मूल आयोजक समितिको बैठकले सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरेको हो । बैठकले सङ्घ र प्रदेशका मन्त्रालय, निकायहरू तथा स्थानीय तहहरूसँगको समन्वय र सहयोगमा थप गृहकार्य र सम्मेलन तयारीका सबै कार्यहरू कार्यकारी समितिले गर्ने निर्णय गरेको छ ।
यसैगरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विकास साझेदार, लगानीकर्ता, स्थानीय उद्योगी व्यवसायीको व्यापक परामर्श र सहभागिता सुनिश्चित गरी सुदूरपश्चिम प्रदेश लगानी तथा विकास पूर्व सम्मेलन बैठक आयोजना गर्ने निर्णय गरेको छ । उक्त पूर्व सम्मेलन बैठकलाई सबै तहका सरकारका सम्बन्धित निकायहरूको समन्वयमा भव्य रूपमा सफल बनाउने निर्णय गरेको छ । साथै पूर्व सम्मेलन बैठकलाई परियोजना पहिचान, प्रस्तुति र परिस्कृत गर्ने फोरमको रूपमा लिइने निर्णय गरिएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशका सबै पालिकाबाट लगानी तथा विकास सम्मेलनको सम्भावित उच्च प्राथमिकताको एक एक वटा आयोजना सिफारिस गरी आगामी वैशाखभित्र सचिवालयमा पठाउने बैठकले निर्णय गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा लगानी तथा विकास सम्मेलनका सन्दर्भमा प्रदेश सरकारद्वारा गरिएका निर्णयहरू र हालसम्मको प्रगतिबारे जानकारी गराइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: