सल्यान । सल्यानमा २० वटा औषधी पसलहरुमा गरिएको अनुगमनको क्रममा करिव नौ लाख रुपियाँ बराबरको म्याद नाघेका औषधी जफत भएको छ । एक सरकारी र १९ वटा निजी अस्पतालका फार्मेसीबाट म्याद सकिएका औषधी बरामद गरिएको हो ।
सल्यान जिल्ला अस्पतालको फार्मेसीसहित निजी क्षेत्रका विभिन्न अस्पताल तथा क्लिनिकमा बिक्रीका लागि राखिएका सात लाख ९८ हजार ६९२ रुपियाँ बराबरका म्याद सकिएका औषधी तथा सर्जिकल सामग्री बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालले जानकारी दिए । उद्योग कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यलय सल्यान र औषधी व्यवस्था विभाग नेपालगञ्जको टोलिले अनुगमन गरेको थियो ।
जिल्ला अस्पताल सहित श्रीनगर बजार, सिद्धकुमाखको ढोरचौर बजार, मोखला र बागचौर नगरपालिकाको बागचौर बजारमा रहेका निजि अस्पताका मार्फेसीहरुमा अनुगमन गर्दा म्याद सकिएका औषधीसहित सर्जिकल सामग्री बरामद गरिएको हो ।
बरामद गरिएका औषधीहरू नष्ट गर्न औषधी व्यवस्था विभाग नेपालगञ्जमा पठाइएको उद्योग कार्यालयका प्रमुख खरालले बताए । संलग्न फार्मेसी तथा स्वास्थ्य संस्थाहरूलाई पहिलो पटक सचेतका लागि सुझाव दिइएको र पुनः त्यसो भएको पाइएमा कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा केही मेडिकलहरुले सटर लगार भागेका थिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही भएकाले नियमित अनुगमन र कारबाही प्रक्रिया कडाइका साथ अगाडि बढाइने प्रमुख खरालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: