सल्यान । सल्यानमा २० वटा औषधी पसलहरुमा गरिएको अनुगमनको क्रममा करिव नौ लाख रुपियाँ बराबरको म्याद नाघेका औषधी जफत भएको छ । एक सरकारी र १९ वटा निजी अस्पतालका फार्मेसीबाट म्याद सकिएका औषधी बरामद गरिएको हो ।
सल्यान जिल्ला अस्पतालको फार्मेसीसहित निजी क्षेत्रका विभिन्न अस्पताल तथा क्लिनिकमा बिक्रीका लागि राखिएका सात लाख ९८ हजार ६९२ रुपियाँ बराबरका म्याद सकिएका औषधी तथा सर्जिकल सामग्री बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालले जानकारी दिए । उद्योग कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यलय सल्यान र औषधी व्यवस्था विभाग नेपालगञ्जको टोलिले अनुगमन गरेको थियो ।
जिल्ला अस्पताल सहित श्रीनगर बजार, सिद्धकुमाखको ढोरचौर बजार, मोखला र बागचौर नगरपालिकाको बागचौर बजारमा रहेका निजि अस्पताका मार्फेसीहरुमा अनुगमन गर्दा म्याद सकिएका औषधीसहित सर्जिकल सामग्री बरामद गरिएको हो ।
बरामद गरिएका औषधीहरू नष्ट गर्न औषधी व्यवस्था विभाग नेपालगञ्जमा पठाइएको उद्योग कार्यालयका प्रमुख खरालले बताए । संलग्न फार्मेसी तथा स्वास्थ्य संस्थाहरूलाई पहिलो पटक सचेतका लागि सुझाव दिइएको र पुनः त्यसो भएको पाइएमा कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा केही मेडिकलहरुले सटर लगार भागेका थिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही भएकाले नियमित अनुगमन र कारबाही प्रक्रिया कडाइका साथ अगाडि बढाइने प्रमुख खरालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: