Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

नयाँ वर्षकाे पु्र्व सन्ध्यमा नारायणी नदी किनारमा कन्सर्ट हुने

खबरडबली संवाददाता

चितवन । नयाँ वर्षमा चितवनको नारायणी नदी किनारमा सांगीतिक कन्सर्ट हुने भएको छ ।

एस डी इभेन्टस एण्ड म्यानेज्मेन्टले मिसन रेड अभियान अन्तगर्त चैत्र ३१ गते विभिन्न ब्यान्ड सहितको सांगीतिक कन्सर्ट गर्न लागेको हो । नयाँ वर्षको अवसर पारेर गर्न लागिएको कन्सर्टमा मन्त्र ब्याण्ड, कुटुम्ब ब्याण्ड, द एक्स ब्याण्ड, समीर श्रेष्ठ एण्ड गुड बोइज र केयर एण्ड जोए ब्यान्डको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

'मिसन रेड न्यू इएर फेस्ट सांगीतिक कन्सर्ट' नाम दिइएको कन्सर्टमा १५ हजार दर्शकको उपस्थिती रहने आयोजकले बताएको छ । चैत्र ३१ गते दिउँसो ३ बजेदेखी सुरु हुने कार्यक्रममा प्रवेश शुल्क ६ हजार रुपैयाँसम्म तोकिएको छ । ५८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको कार्यक्रममा ८० लाख रुपैयाँ रकम संकलन हुने लक्ष्य राखिएको कार्यक्रम संयोजक प्रविण देवकोटाले जानकारी दिए ।

कन्सर्टबाट हुने आम्दानीले राष्ट्रिय रक्तदाता सम्मेलन गर्ने र रक्तदाताको तथ्यांक संकलनका लागि मोबाइल एप्लिकेशन बनाउने योजना रहेको उनले जानकारी दिए । मिसन रेड अभियान अन्तरगत एक वर्षभित्र सयभन्दा बढी रक्तदाता सम्बन्धि कार्यक्रम गरि सकिएको छ ।

 

आगामी दिनमा पाँच हजार पिन्ट रगत संकलन गर्ने र दश हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धि तालिम प्रदान गर्ने लक्ष्य रहेको उनले सुनाए । हालसम्म अभियानले दुई हजार पाँच सय सय बढी पिन्ट रगत संकलन गरेको उनले बताए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending