काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उदयपुर सिमेन्ट उद्योगका विषयमा उदयपुरका सरोकारवालासँग छलफल गरेको छ । समितिले मंगलबार हाल बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगको स्थलगत निरीक्षण गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमा सरोकारवालाहरूसँग छलफल गरेको हो ।
छलफलमा सहभागीहरूले उद्योग राज्यले नै सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । छलफलमा सहभागी नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले उदयपुर सिमेन्ट उद्योगलाई सार्वजनिक–निजी–साझेदार (पीपीपी) मोडलमा सञ्चालन गर्न नहुने तर्क राखे ।
छलफलमा बोल्दै कोशी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले उदयपुर सिमेन्ट चल्न नसक्नुको प्रमुख कारण राजनीतिक दल रहेको बताए ।
कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले राज्यले गतिलो कानुन नबनाउँदा देशमा उद्योगहरू सङ्कटमा परेको भन्दै राज्यले आवश्यक नीति तर्जुमा नगर्ने हो भने देशमा थप उद्योग खुल्न समेत कठिन हुने जिकिर गरे ।
उक्त कार्यक्रमका लागि उदयपुर पुगेको समितिले उदयपुरमा उदयपुर सिमेन्ट उद्योगको निजीकरणको बारेमा आएका सुझावसमेतलाई गम्भीरतापूर्वक रूपमा लिएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...
मंसिर २३ गते, २०८२ - १८:०३
झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको ...
मंसिर २३ गते, २०८२ - १८:००
काठमाडौँ । एक अध्ययन प्रतिवेदनले सीमान्तकृत महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित रहेको उजागर गरेको छ । नेपाली समाजको छायाँमा रहेर बाँ...
मंसिर २३ गते, २०८२ - १७:५६
उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका-३ मा घर छेउकाे नालीमा डुबेर दुई वर्षकाे एक नाबलककाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्पेक्ट...
मंसिर २३ गते, २०८२ - १७:४६
जर्मनी । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पा...
मंसिर २३ गते, २०८२ - १७:४४
बैंकक । थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखे...




प्रतिकृया लेख्नुहोस्: