Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

विद्यालय समायोजन हुँदा मिलेन शिक्षक दरबन्दी

खबरडबली संवाददाता

बझाङ । शिक्षामा सुधार ल्याउने भन्दै गत वैशाखमा बुंगल नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरू समायोजन गर्‍यो । कतिपय विद्यालय गाभिए, कतिपयको तह घटाइयो, तर नगरपालिकाले विद्यालय समायोजनको एक वर्ष पुग्नै लाग्दा पनि शिक्षक दरबन्दी मिलान गर्न नसक्दा विद्यार्थीहरू शिक्षक अभावमै वर्ष टुङ्ग्याउन बाध्य भए ।

गत वैशाख ३० गते कार्यपालिका बैठकले १३ वटा विद्यालय समायोजन गर्ने र ११ वटा विद्यालयको तह घटाउने निर्णय गरेको थियो । निर्णयसहित तत्काल दरबन्दी मिलाउने भनिए पनि, दोस्रो शैक्षिकसत्र सुरु हुने बेलासम्म पनि त्यो प्रक्रिया अधुरै छ ।

शिक्षक दरबन्दी मिलान नहुँदा विद्यालयमा आवस्यकता अनुसार शिक्षक छैनन् । विद्यार्थी सङ्ख्या, विषय र कक्षातहको आधारमा शिक्षक हुनुपर्नेमा कुनै विद्यालयमा शिक्षक सङ्ख्या आवश्यकताभन्दा बढी र कुनै विद्यालयमा शिक्षक सङ्ख्या आवश्यकताभन्दा कम हुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको सत्य माध्यमिक विद्यालयका प्रधानाध्यापक खडकबहादुर बोहराले बताए।

उनले भने, “शिक्षा सुधारको सुरुवात शिक्षक व्यवस्थापनबाट हुन्छ । शिक्षक नभएका कक्षामा सुधार कसरी सम्भव हुन्छ र रु कतै भीड, कतै खाली वास्तविकता त्यति नै हो ।”

शिक्षक व्यवस्थापन अभावको असर स्पष्ट छ । कुनै विद्यालयमा आवश्यकताभन्दा बढी शिक्षक छन्, त केहीमा एक जनाले सयौं विद्यार्थी सम्हाल्नुपरेको छ । “एक सय ५० विद्यार्थी भएको विद्यालयमा एक जना मात्र शिक्षक छन् भने ७–८ विद्यार्थी भएका विद्यालयमा चार शिक्षक छन् ।” यसले विद्यार्थीको पठनपाठन मात्र होइन, शिक्षकहरूको मनोबल र व्यवस्थापनमा पनि गम्भीर असर परेको महादेव माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर रानाको भनाइ छ ।

यसैगरी, चन्द्र मावि गिंरौका प्रधानाध्यापक शिवराज अवस्थीले पनि विद्यालयहरूलाई निजी शिक्षक पाल्न मुस्किल परेको बताए । उनले भने, ‘‘हामीले दरबन्दी मिलानका लागि बारम्बार आवाज उठायौं, तर नगरपालिले सुनुवाइ गरिरहेको छैन ।” शिक्षक अभावकै कारण विद्यार्थीहरू नियमित पठनपाठनबाट बञ्चित भएका छन् । यही अवस्था आउँदै गरेको नयाँ शैक्षिक सत्रमा पनि दोहोरिने हो कि भन्ने चिन्ता अभिभावक र शिक्षकहरूमा गहिरिँदै गएको छ ।

बुङ्गल नगरपालिकाका नगरप्रमुख तथा शिक्षा समिति संयोजक जयबहादुर धामीले भने, “हामीले शिक्षक दरबन्दी मिलानका लागि निर्णय गरेका थियौं, तर केही विवादका कारण कार्यान्वयनमा ढिलाइ भयो । अब केही हप्ताभित्र छलफल गरी लागू गर्छौं ।”

प्राथमिक तहको दरबन्दी मिलान अन्तिम चरणमा पुगेको शिक्षा शाखा प्रमुख देवराज जोशीले बताए । “बर्षेनि करिब तीन करोड रुपियाँ निजी शिक्षक तलबमा खर्च हुँदै आएको छ । दरबन्दी मिलानले बजेट व्ययभार कम गर्नुका साथै विद्यालयमा स्थायित्व ल्याउँछ ।” उनले भने ।

शिक्षामा सुधारको नारा दिनु सजिलो हो, तर व्यवहारमा उतार्न योजना, इच्छाशक्ति र कार्यान्वयन क्षमता चाहिन्छ । बुंगल नगरपालिकाले नीति बनायो, तर समयमै शिक्षक व्यवस्थापन नगर्दा सुधारको सपना झन् टाढिँदै गएको छ । दोस्रो शैक्षिक सत्र सुरु हुन लाग्दासम्म पनि दरबन्दी मिलान गर्न नसक्नुले विद्यार्थीहरुको पठनपाठनमा असर पर्नुका साथै नगरपालिकाको व्ययभार बढी हुने, विद्यालयलाई निजी शिक्षक पाल्न गाह्रो हुने लगायतका समस्याहरु देखिएका छन् । यसले गर्दा पनि नगरपालिका भित्रका विद्यालयमा शैक्षिक सुधार हुन सकिरहेको अवस्था छैन । विद्यार्थीले शिक्षक अभावमै वर्ष सकाए पनि दोस्रो शैक्षिकसत्रमा पनि त्यस्तै हुन्छ कि भन्ने अन्योल शिक्षक विद्यार्थीमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending