Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

बीस वर्षपछि विवाह गर्नेलाई ५० हजार

खबरडबली संवाददाता

सर्लाही  । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो ।

आर्थिक वर्ष २०७९/८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई ५० हजार प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न ११ हजार सहयोग गर्ने निर्णय गरेको थियो ।

पालिकाले सुरु गरेको उक्त अभियानले समाजमा बालविवाह न्यूनीकरण तथा छोरीको पठनपाठनमा सकारात्मक प्रभाव पारेको स्थानीय शिक्षक रामएकवाल महतोले बताए । मधेशका आर्थिक अवस्था कमजोर भएका, अल्पसङ्ख्यक, पिछडिएको समाजमा अझै पनि छोरीलाई धेरै पढाउन हुन्न भन्ने मानसिकता रहेकाले सोको न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।

कक्षा ७-८ पढ्दापढ्दै विवाह गरेर पठाइदिने प्रचलनले समाजमा छोरीको शैक्षिकस्तर माथि उठ्न नसकेको शिक्षिका रमा सिंहले बताए । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि पालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।

गरिब तथा विपन्न समुदायमा चाहेर पनि पढाउन सक्ने अवस्था नहुँदा पालिकाले दिने प्रोत्साहन रकमले ठूलो राहत पुगेको स्नातक तहमा अध्ययनरत शोभा कुमारीले बताइन् । ‘मैले कक्षा १२ पास गरेर २१ वर्षको उमेरमा विवाह गरेँ', उनले भनिन्, 'विवाहको मण्डपमा पुगेर पालिकाका प्रतिनिधिले ५० हजारका प्रोत्साहन रकम दिनुभयो । परिवारको आयस्रोत नभएकाले मैले पढ्न सक्ने अवस्था थिएन । सोही रकमले अहिले स्नातक तह अध्ययन गरिरहेकी छु ।'

दुई दिदीमध्ये एक जना निरक्षर र एक जनाले कक्षा ७ सम्म पढेकाले आफूले पढेर सक्षम नागरिक बन्ने सपना देखेको शोभाको भनाइ छ । 'म अहिले पनि सामाजिक संस्थामा आबद्ध भएर काम गरिरहेकी छु', उनले भनिन्, 'पढेर शिक्षक बन्ने र समाजमा ज्ञानको ज्योति फैलाउने चाहना छ ।' गाउँपालिकाले आफ्नो योजनामा सहयोग गरिरहेको उनले बताइन् ।

चन्द्रनगर गाउँपालिकामा हालसम्म २० वर्ष पूरा गरी १२ कक्षा पढेर विवाह गरेका ७८ र स्नातक तह भर्ना गरेका २१० जना सम्मानित भइसकेका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । यो सङ्ख्या बढ्दो क्रममा रहेको बताउँदै यस अभियानले बालविवाह गर्नेको सङ्ख्यामा ५० प्रतिशतसम्म कमी आएको उनको भनाइ छ ।

चाहना भएर पनि उच्च शिक्षा पढ्न नपाउने छोरीहरूलाई यो अभियानले ठूलो सहयोग पुर्‍याएको अध्यक्ष महतो बताउँछन् । 'अहिले क्याम्पसमा हेर्ने हो भने उच्च शिक्षाका लागि भर्ना हुने छात्रभन्दा छात्रा धेरै हुनुहुन्छ', उनले भने, 'यो अभियान सञ्चालनपछि छात्राको उल्लेख्य सहभागिता भएको पाएका छौँ । यसलाई निरन्तरता दिँदै गएमा यो सङ्ख्या अझै बढ्ने विश्वास लिएका छौँ ।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending