मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम—कोरला सडक सहजहुँदै जान थालेपछि पोखरा—जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ ।
पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्यन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन । हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना टुईनेटर जहाजहरुले पोखरा—जोमसोम हवाई सेवाको उडान भर्ने गर्दथे । तर बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अन्य कोही हुँदैनन् ।
राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर आधा पनि पुग्दैन । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ ।
सडक कालोपत्र भएकै कारण हवाई यात्रुको सङ्ख्या विगतका वर्षभन्दा यसपाली हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिए । “कोरला सडक स्तरोन्नति हुनु अगावै यहाँ १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ ”, उनले भने,“अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउँजाउ गर्छन् ।”
हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि योसमयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...
आषाढ़ १८ गते, २०८३ - १९:४१
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: