बागलुङ । धौलागिरि प्रादेशक अस्पताल बागलुङमा ग्रामीण प्रसुती भिडियो एक्सरे तालिम साइट सञ्चालनमा ल्याइएको छ । यो तालिम साइट गण्डकी प्रदेशकै पहिलो र देशभरमा तेस्रो हो । यसअघि झापाको आम्दा अस्पताल र बाँकेको भेरी अस्पतालमा ग्रामीण प्रसुती भिडियो एक्सरे तालिम साइट सञ्चालनमा छन् ।
दक्ष स्वास्थ्यकर्मीको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका महिलाहरुमा गर्भावस्थामा देखिने समस्याको समयमै पहिचान गर्न र निदान खोज्न ग्रामीण प्रसुती भिडियो एक्सरे तालिमले प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । विकटमा कार्यरत स्किल्ड बर्थ एटेन्डेन्ट (एसबिए) तालिम प्राप्त नर्सिङ कर्मचारीहरुले यो तालिम लिएपछि प्रसुती कार्यमा सहज हुने र मातृशिशु मृत्युदर कम गर्न टेवा पुग्ने धौलागिरि प्रादेशिक अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. प्रविण घिमिरेले बताए।
‘‘२१ दिने तालिम लिएपछि एसबिए नर्सिङ कर्मचारीहरुले भिडियो एक्सरेमार्फत बच्चा सुल्टो छ उत्टो छ, बच्चाको पेटमा पानीको मात्रा कस्तो छ र बच्चाको धड्कनको अवस्था पत्ता लगाउन लगाउन सक्छन् ।,’’ डा। घिमिरेले भने, ‘‘यसले डाक्टरको पहुँचबाट टाढा रहेका दुर्गमका गर्भवती महिलाहरुको समयमै जटिल समस्या पहिचान हुने र उपचारको खोजी हुँदा आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिने छ ।’’
एसबिएले जटिल अवस्थाका गर्भवती पहिचान गरी व्यवस्थापन गर्ने र सो काम गर्न नसके रिफर गर्ने काम गर्दै आईरहेका छन् । महिलालाई गर्भावस्था, शिशु जन्मने बित्तिकै र सुत्केरी अवस्थामा सेवा प्रदान गर्ने एसबिएलाई तालिममा न्यूनतम ज्ञानमार्फत भिडियो एक्सरे गर्न दक्ष बनाइने छ । ‘‘तालिमपछि उहाँहरु आफैँले सुत्केरी आमाहरुको भिडियो एक्सरे गरेर बच्चाको अवस्था र सुत्केरी गराउन सहज हुन्छ हुँदैन, रिफर गर्नुपर्छ पर्दैन भनी पूर्व जानकारी लिन सक्षम हुने छन्’’ अस्पतालमा प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा। किरण तिवारीले भने।
गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा कार्यरत छ जना महिला स्वास्थ्यकर्मीहरुले पहिलो चरणमा २१ दिने तालिम लिइ सकेका छन् । तालिममा बागलुङ, मुस्ताङ, नवलपरासी, स्याङ्जा, मनाङ र तनहुँ जिल्लाका बर्थिङ सेन्टरमा कार्यरत स्टाफ नर्स र अनमी सहभागि छन् । चालु आर्थिक वर्षमा धौलागिरि प्रादेशिक अस्प्तालमा तीन चरणमा तालिममा चल्ने प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पोखराले जनाएको छ ।
तालिमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशमा मातृ मृत्युदर न्यूनीकरण गर्न र गर्भवती आमाको स्वास्थ्यमा सुधार ल्याउन तालिम साइट फलदायी हुने बताएको थिए।
गण्डकी प्रदेशमा वर्षेनी एक सय ६१ आमाको ज्यान गाने गरेको हुँदा गाउँघरकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई तालिम दिएर मृत्युदर कम गर्ने उद्देश्यले तालिम साइटको सुरुवात गरिएको मन्त्री पाठकको भनाइ थियो ।
तालिममा डा। प्रविण घिमिरे, डा। राजिव रिजाल, नर्सिङ अधिकृतहरु मिलन बरुवाल र पुनम गौरोले सहजीकरण गरिरहनुभएको छ । तालिमपछि सहभागी कार्यरत स्वास्थ्य संस्थालाई अल्ट्रासाउन्ड सोनोग्राफी (युएसजि)उपकरण प्रदान गरिने केन्द्रका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...
आषाढ़ १८ गते, २०८३ - १९:४१
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: