Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

रवि लामिछानेमाथि अर्को प्रतिशोध- उच्चको आदेश जिल्ला नपुग्दै प्रक्रिया मिचेर पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सहकारी ठगी अभियोगमा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश प्रक्रिया मिचेर कार्यान्वयनमा लगिएको छ । उच्चको आदेश मुद्दा उठान भएको सम्बन्धित जिल्ला अदालतमा पुगेपछि जिल्लाले आदेश कार्यान्वयनका लागि प्रहरी परिचालन गर्न सक्छ । तर, रविको हकमा उच्चको आदेश रुपन्देही जिल्ला अदालत पुग्नै नपाई प्रहरीले पक्राउ गरेको हो । 

उच्चले २२ चैतको बेलुका ८ बजे रविलाई पुर्पक्षका लागि थुना पठाउने आदेश गरेको थियो । त्यसलगत्तै उनलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली हात्तीगौँडास्थित रविनिवास पुगेको थियो । 

पूर्वमहान्यायाधिक्ता तथा वरिष्ठ अधिवक्ता सुशील पन्तले रास्वपा सभापति पक्राउमा प्रहरीले प्रक्रिया पूरा नगरेको बताए । उनले भने, ‘लामिछानेलाई उच्चले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो । उच्चको आदेश मुद्दाको उठान भएको सम्बन्धित जिल्लामार्फत हुनुपर्ने हो । तर, लामिछानेकोे हकमा उच्चको आदेश जिल्ला पुग्नै पाएन । आदेश भएको केही घण्टाभित्रै प्रहरी घरमा पुगेर पक्राउ पुर्जी काट्यो । कानुनी प्रणालीमा यो मिलेन ।’

उच्च अदालतको आदेश शुक्रबार आएको थियो । शुक्रबार मुलुकभरका अदालत दिउँसो ३ बजेभित्र बन्द भइसक्छन् । नियमित सुनुवाइ भएको हुँदा उच्च अदालत तुलसीपुरको बुटवल इजलास भने बेलुकासम्म चल्यो र आदेश ८ बजे आयो । उक्त आदेश जिल्ला पुर्‍याउन त्यस दिन सम्भव थिएन । किनभने दिउँसो ३ बजे नै कार्यालय बन्द भइसकेको थियो । यो अवस्थामा समय कुरेर भए पनि प्रक्रियाबाटै जानुपर्नेमा प्रहरीले अदालतलाई नै छलेर रविलाई पक्राउ गर्‍यो । 

पन्तले भने, ‘जिल्ला अदालतलाई छलेर प्रहरी एकैचोटि लामिछानेलाई पक्रिन निवासमा पुग्यो । प्रक्रियाअनुसार जिल्लामा नगएपछि धरौटी रकम पनि फिर्ता भएन ।’ 

त्यसो त, प्रहरीले अदालतलाई मात्रै छलेन, पक्राउको विधि पनि मिच्यो । राति रविलाई पक्राउ गर्न पुग्दा प्रहरीले पक्राउ पुर्जी नै लगेको थिएन । रविले नै पक्राउ पुर्जीको खोजी गरेपछि प्रहरीले उनको घरमै पक्राउ पुर्जी काटेको थियो । पूर्वमहान्यायाधिवक्ता पन्त प्रहरीको यो प्रक्रिया पनि कानुनतः गलत भएको बताउँछन् ।

‘लामिछानेको घरमा पुगेर प्रहरीले पक्राउ पुर्जी काट्ने विषय पनि कानुनतः गलत छ । किनकि लामिछानेविरुद्धको पक्राउ पुर्जी अनुसन्धानका लागि नभई न्यायिक हिरासतका लागि थियो । जुन मुद्दा उठान भएको सम्बन्धित जिल्लाले मात्रै जारी गर्न सक्छ,’ उनले भने, ‘प्रहरीले सम्बद्ध व्यक्तिविरुद्ध पक्राउ पुर्जी काट्ने भनेको अपराध अनुसन्धानका लागि हो । तर, लामिछानेको हकमा त अपराध अनुसन्धान भइसक्यो । अहिले भनेको न्यायिक हिरासतका लागि हो । यस्तो पुर्जी मुद्दा उठान भएको सम्बन्धित जिल्लाले मात्रै जारी गर्न सक्छ । उच्चको आदेश जिल्ला नै नपुगेपछि पुर्जी जारी हुने करै भएन ।’

रविलाई पक्राउ गर्न खटिएको टोलीका एक सदस्यले ‘तिमीहरू जाँदै गर, आदेश आउँदै छ’ भनेर आफूहरूलाई रवि पक्राउ गर्न पठाएको बताए । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकको ठाडो आदेश आइजी दीपक थापालाई गएपछि उनले टोलीलाई जसरी पनि रविलाई नियन्त्रणमा लिन खटाएका थिए । पछि प्रहरीले मोबाइलमा कतैबाट पठाइएको आदेश रविलाई देखाएको थियो । 

अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले पनि लामिछानेविरुद्धको पक्राउमा प्रक्रिया नपुगेको बताए । उच्चको आदेश जिल्ला पुग्नुअघि नै लामिछाने पक्राउ परेको हुँदा प्रहरीले प्रक्रिया मिचेको उनको भनाइ छ । ‘सर्वोच्च या उच्च अदालतबाट भएका फैसला वा आदेशको कार्यान्वयन जिल्लाबाट मात्रै हुने गर्छ । त्यसले केही समय लिन्छ । किनकि माथिल्लो अदालतको आदेश जिल्लासम्म पुग्न समय लाग्छ । तर, लामिछानेको हकमा त्यस्तो भएन । अझ भनौँ उच्चको आदेश जिल्ला पुग्नै पाएन । आदेशलगत्तै प्रहरी पक्राउ गर्न निवास पुग्यो । यहाँ प्रक्रिया गडबड देखियो ।’ 

प्रहरीले निवासमा दिएको ‘पक्राउ पुर्जी’मा पनि गल्ती देखिएको छ । जरुरी पक्राउ पुर्जीलाई केरेर ‘अदालतको अनुमतिपत्रबमोजिमको पक्राउ’ लेखिएको उक्त पुर्जीमा ‘तपाईंलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले यो पक्राउ पुर्जी जारी गरिएको छ’ लेखिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टको हस्ताक्षर रहेको पुर्जीमा रहेको भाषाले प्रहरीको गल्ती प्रस्ट्याएको छ । 

प्रहरीले ‘अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपर्ने’ लेखिएको पत्र दिएको छ जबकि प्रहरीले अनुसन्धान सकाएर मुद्दा दायर भएर जिल्ला अदालतले थुनछेकको आदेश गरिसकेर त्यसउपरसमेत निवेदन परी उच्च अदालतबाट आदेश भइसकेको अवस्था छ । यस्तो अवस्थामा अनुसन्धान भन्दै पक्राउ किन गरियो भन्ने प्रश्नको जवाफ प्रहरीले दिन सकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending