Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

अनावश्यक विज्ञापनबाट मुक्तिका लागि फेसबुकमा नयाँ फिचर

खबरडबली संवाददाता
  • काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले फ्रेन्ड्स ट्याब नामको एक नयाँ फिचर ल्याएको छ । यसमा केवल साथीहरुको पोस्ट, स्टोरीज, रील्स, जन्मदिनको जानकारी तथा फ्रेण्ड रिक्वेस्ट मात्र देखिनेछ ।

यो नयाँ फिचरले इन्स्टाग्रामको फलोविङ तथा क्लोज फ्रेन्ड्स फीडले जस्तै काम गर्नेछ । यसमा कुनैपनि रिकमेन्डेड पोस्ट देखिने छैनन् । सबैभन्दा महत्वपूर्ण कुरा के भने यो फिचर आएसँगै फेसबुक प्रयोगकर्ताले निकै कममात्रै विज्ञापन हेर्नुपर्नेछ ।

मेटाका अनुसार यो नयाँ ट्याब सबैभन्दा पहिले अमेरिका र क्यानडामा लन्च गरिएको छ । अन्य देशमा चाहीँ यो कहिलेसम्म उपलब्ध गराउने भन्ने विषयमा मेटाले प्रष्ट पारेको छैन ।

फ्रेन्ड्स ट्याबमा के देखिन्छ ?

  • केवल ती मानिसहरूको मात्रै पोस्ट देखिनछ, जो तपाइँको फेसबुकमा साथी छन् ।
  • रील्स, स्टोरिज तथा जन्मदिनको रिमाइन्डर पनि उक्त फीडमा सामेल हुनेछन् ।
  • कुनैपनि रिकमेन्डेड पोस्टहरु देखिने छैनन् ।
  • फ्रेण्ड रिक्वेस्ट तथा पिपल यू मे नो खण्ड अब अलग हुनेछ ।

पहिले यो ट्याब केवल फ्रेण्ड रिक्वेस्ट तथा रिकमेन्डेड कनेक्सन देखाउनका लागि प्रयोग हुन्थ्यो । तर अब यसमा फीडको एक नयाँ ठाडो स्क्रलिंग इन्टरफेस हुनेछ । यसबाट प्रयोगकर्ताहरुले केवल आफ्ना साथीहरुको पोस्ट मात्रै देख्न सक्नेछन् ।

के यो फिचर इन्स्टाग्रामको जस्तै हुन्छ ?

हो, मेटाले यसअघि इन्स्टाग्राममा फलोविङ तथा क्लोज फ्रेन्ड्स नामक फिचर्स लन्च गरेको थियो । यसबाट प्रयोगकर्ताहरुले केवल ती मानिसहरुको पोस्ट देख्नसक्छन् जसलाई उनीहरुले फलो गर्दछन् वा जो उनीहरुको निकट मित्र हुन् ।

फेसबुकको नयाँ फ्रेण्ड्स् ट्याब पनि यहीँ प्रकारको एउटा फिचर हो । मेटाले अहिलेसम्म यो नयाँ फीडमा पोस्टहरुलाई समय अनुसार देखाउने कि एल्गोरिदम अनुसार देखाउने भन्ने बारेमा चाहीँ प्रष्ट पारेको छैन । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending