Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता

खबरडबली संवाददाता

भक्तपुर  ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको शनिबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।

सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका—२०८१’को बिमोचन गरे ।

भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि बिजुक्छेंले प्रतियोगिता पूर्ण सफलताको कामना गर्दै जिम्नाष्टिक खेल शारीरिक अभ्यास र निकै जोखिमपूर्ण खेल भएकोले सुरक्षितका साथ खेल्न आग्रह गरे । 

नाचगान र शारीरिक अभ्यासले शरीरका अंग प्रत्यंगहरुलाई चलायमान बनाइ स्फूर्ति पनि प्रदान गर्ने बताउँदै उनले खेलकुद व्यक्तिगत रुपमा शरीरिक तन्दुरुस्ती, मानसिक स्वस्थका साथै राष्ट्रलाई विश्वमाझ चिनाउने माध्यम भएको प्रष्ट पारे ।खेलाडीहरुलाई आफ्नो कला र कौशल अनुशासित ढंगले प्रदर्शन गर्न जोड दिँदै उनले सरकारले खेलाडीहरुलाई हौसला र प्रोत्साहन दिनु जरुरी रहेको बताए ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक युवा र विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउन भक्तपुर नगरपालिकाले उत्साहित गर्दै आएको बताउँदै भक्तपुर नपाले विद्यालयहरूमा खेलकुद प्रशिक्षकहरूको व्यवस्था गरी खेलकुद प्रशिक्षणहरू सञ्चालन गर्नु त्यसको सिलसिला भएको बताए । प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्ने नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताउँदै उनले सबै नगरबासीहरूलाई स्वस्थ राख्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गर्ने मुख्य उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताहरुको आयोजना र प्रशिक्षणहरू सञ्चालन गर्दै बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जिम्नाष्टिक खेल जगतको महत्वपूर्ण खेलको रुपमा रहँदै आएको बताउँदै  विद्यार्थीहरुको बौद्धिक विकाससँगसँगै शारीरिक र मानसिक विकासको लागि खेलकुद महत्वपूर्ण पक्ष रहेको बताइन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अन्तर नगर खेलकुद प्रतियोगिता आयोजनाले विभिन्न नगरपालिकाबीच अन्तरसम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल जिम्नास्टिक संघका महासचिव मुकुन्दराज शर्माले भक्तपुर नपाको आयोजनामा भएको अन्तरनगर जिम्नास्टिक प्रतियोगितामा सहभागी हुन पाउँदा गौरवान्वित महसुस भएको बताउँदै १८ वटा महानपा, उपमहानपा र नपाबीच हुने प्रतियोगिताले राष्ट्रिय प्रतियागिताको स्वरुप लिएको बताए ।

कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर जिम्नास्टिक प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दै सबै नगरबासीहरूलाई स्वस्थ राख्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गर्ने मुख्य उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताहरुको आयोजना र प्रशिक्षणहरू सञ्चालन गर्दै आएको बताए । भक्तपुर जिल्ला जिम्नास्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरुलाई अनुशासन र मित्रतामा जोड दिन आग्रह गरे ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्राईले शुभकामना मन्तव्य, भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवादज्ञापन मन्तव्य राखेका थिए युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोलेका थिए । प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट ¥यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

अन्तर नगर जिम्नास्टिक प्रतियोगिताअन्तर्गत पहिलो खेल दिउँसो २ बजेबाट सहिद स्मृति खेलमैदानमा सुरु हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending