बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान पुनः थालिएको बताएका छन् ।
अभियानअन्तर्गत माओवादी केन्द्र बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको नागरिक अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विगतमा जनताको भावना बुझ्न नसकेकाले अहिले भूगोलमै पार्टी नेतृत्व खटिएको उल्लेख गरे । “विगतमा नेता कार्यकर्ताको घेराबन्दीमा परेर गल्ती गरियो, अब हामी नेता कार्यकर्ताको रिपोर्टमा भर पर्दैनौँ, सिधै जनताका कुरा सुन्न आएका छौँ”, उनले भने, “हामी सच्चिन तयार छाैँ, सच्चिन्छौँ र जनतासँगको सम्बन्ध सुदृढ बनाउँछौँ ।”
हुलाकी राजमार्ग छेउछाउ सिमाना नजिक बस्ने नागरिकको अवस्था र भावना बुझ्न जनताको घरघरमा आफूहरु पुग्ने गरेको अध्यक्ष दाहालको भनाइ थियो । उनले भने, “जनताकै घरमा बसेर जनताका कुरा सुन्न चाहेका छौँ ।” राजनीतिक दल र नेताको आचरणले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएका कारण प्रतिगमनले टाउको उठाएको उल्लेख गर्दै अध्यक्ष दाहालले योभन्दा परिस्थिति बिग्रिए मुलुकमा ठूलो दुर्घटना हुने भएकाले सबै गणतन्त्रवादी जिम्मेवार भएर लाग्न जरुरी भएको बताए ।
“राजावादीको चरित्र जे थियो त्यो चैत १५ गते देखियो । हामीले शालिन तरिकाले जवाफ दियौँ”, उनले भने, “प्रतिगमनविरुद्ध अभियान छेडेर प्रतीकार गयौँ ।” माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको नागरिक अन्तरसंवाद कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामी, पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र अब्दुल वाहिद मन्सुरी, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणी आचार्य, अधिकारकर्मी भोला महत, जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्मा, पत्रकारहरु जे पाण्डे, झलक गैरे, शरण कर्माचार्य लगायतले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले राजनीतिक दल र नेता सच्चिनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्षत्रय नारायणकाजी श्रेष्ठ, अग्नीप्रसाद सापकोटा र कृष्णबहादुर महरा, महासचिव देव गुरुङलगायत केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: