स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकामा कफी उत्पादक किसानलाई प्रतिकेजी १५ को दरले अनुदान दिने भएको छ । अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमअनुसार अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए।
किसानलाई व्यवसायिक कफी उत्पादनमा अग्रसर गराउन एवं आर्थिक राहत प्रदान गर्न अनुदान दिन लागिएको हो । अनुदानले आगामी दिनमा कफी उत्पादन वृद्धिमा सहयोग गर्ने विश्वास पालिकाको रहेको छ ।
यस्तै कफी सङकलन गर्ने व्यवसायी/सङ्कलकलाई पनि प्रतिकेजी दुई रुपियाँ दिने पादिलकाको तयारी छ । अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा वार्षिक ११ टनभन्दा बढी कफी उत्पादन हुने गरेको बताउँदै कफीको राम्रो सम्भावना भएकाले कृषकलाई व्यवसायिक बनाउन एवम् कफी खेतीतर्फ प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिन लागिएको बताए।
अनुदान प्राप्त गर्न इच्छुक किसानहरूले आवश्यक कागजातहरू संलग्न गरी सूचना प्रकाशन भएको मितिले १५ दिन समयभित्र आवेदन दिन भनिएको छ । निवेदन दिनका लागि वडा कार्यालयको सिफारिस पत्र, कृषि सहकारी संस्थामा दर्ता प्रमाणपत्र, प्यान दर्ता र कर चुक्ताको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
कृषि सहकारी संस्थाले उत्पादनमा आधारित कार्यक्रम सहयोगको निर्णय प्रतिलिपि पनि आवेदनका साथ सङलग्न गर्नुपर्नेछ । गाउँपालिकाले किसानलाई आवश्यक सुविधा तथा सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...
आषाढ़ १८ गते, २०८३ - १९:४१
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: