वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सहमतीका आधारमा गठन गरिएको छ। स्ववियु गठनको विषयले एक महिना देखि क्याम्पसमा विवाद रहँदै आएको थियो। विभिन्न राजनीतिक दलहरूसँगको छलफल पछि सहमतिमा स्ववियु गठन गरिएको क्याम्पस प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए। विगत एक महिनाको निरन्तर प्रयास पश्चात सहमती जुटेको उनको भनाइ छ।
स्ववियुको सभापतिमा अनेरास्ववियुका मुना न्यौपाने चयन भएको छन। यस्तै उपसभापतिमा नेविसङ्घका प्रतिक्षा भट्टराई र कोषाध्यक्षमा नेविसङ्घका सपना न्यौपाने चयन भएको छन। सचिवमा अनेरास्ववियुका कशिस बस्याल तथा सहसचिवमा अनेरास्ववियु ९क्रान्तिकारी० का सृष्टि कुँवर क्षेत्री चयन हुनु भएको निर्वाचन अधिकृत भीमप्रसाद श्रेष्ठले जानकारी दिए।
यस्तै सदस्यमा अनेरास्ववियुका दिपीका पाण्डेय, सिवानी थापा र रुकमाया सुनार, नेविसङ्घका अस्मिता पाण्डेय र भूमा न्यौपाने तथा अनेरास्ववियु ९क्रान्तिकारी०का ईरिका न्यौपाने निर्वाचित भएको अधिकृत श्रेष्ठले जानकारी दिए।
११ सदस्यीय समितिमा सभापति सहित पाँच जना अनेरास्ववियुबाट, उपसभापतिसहित चार जना नेविसङ्घबाट र सहसचिव सहित दुई जना अनेरास्ववियु ९क्रन्तिकारी०बाट चयन भएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो। नवगठित स्ववियुका पदाधिकारी तथा सदस्यले बुधबार शपथ तथा पदभार ग्रहण गरेका छन्।
स्ववियु गठनको बारेमा विवाद हुँदा सञ्चालक समितिका १२ जनाले सामूहिक राजीनामा दिएका थिए भने पार्टीबिच आरोप प्रत्यारोप चल्दै आएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: