कास्की । गण्डकी प्रदेशका ८ जिल्ला खेलकुद विकास समितिहरूले पदाधिकारी पाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सपथ ग्रहण गराए संगै ८ जिल्लामा पदाधिकारी मनोनयन भएका छन् ।
गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले ६ जिल्लामा अध्यक्ष सहित कोषाध्यक्ष र सरकारमा सहकार्यको भूमिकामा रहेको नेकपा एमालेले ५ जिल्लामा अध्यक्ष र कोषाध्यक्ष पाउने गरी गरिएको सहमति बमोजिम पदाधिकारीहरु मनोनयन गरिएको हो ।
नेपाली कांग्रेसले ५ जिल्लामा उपाध्यक्ष र सचिव तथा नेकपा एमालेले ६ जिल्लामा उपाध्यक्ष र सचिवसहित पदाधिकारी मनोनयन गरिएको परिषदका अध्यक्ष एवम् मन्त्री थापाले बताउनुभएको छ ।
कुन जिल्लामा को-को ?
गोर्खा-अध्यक्षमा प्रेम बहादुर तामाङ, उपाध्यक्षमा मकेश बानियाँ, सचिवमा अमृता गुरूङ र कोषाध्यक्षमा होम बहादुर थापा मगर हुनुहुन्छ भने लमजुङमा अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्ष अमृता पौडेल, सचिवमा मिन प्रसाद घले र कोषाध्यक्षमा रवि थापा, तनहुँमा अध्यक्षमा अनिल पाण्डे (पुनः दोहोरिएको), उपाध्यक्षमा इनकन पोख्रेल खनाल, सचिवमा विश्व कुमार बुढा र कोषाध्यक्षमा कविराज श्रेष्ठ, कास्कीमा-अध्यक्षमा मिलन गुरूङ, उपाध्यक्षमा तिलक अधिकारी क्षेत्री, सचिबमा अन्जु केसी र कोषाध्यक्षमा विग्नेश थापा, स्याङजामा-अध्यक्षमा प्रकाश रेग्मी (पुनः दोहोरिएको), उपाध्यक्षमा विजय विक्रम खाँड, सचिबमा विद्यादेवी भट्टराई र कोषाध्यक्षमा धिरज खाँड,पर्वतमा(अध्यक्षमा जङ्ग बहादुर पुन मगर, उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन मगर र कोषाध्यक्षमा जगत प्रसाद लामिछाने, बागलुङमा(अध्यक्षमा (निर्णय हुन बाँकी), उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापा, कोषाध्यक्ष (मनोनयन हुन बाँकी)
म्याग्दी(अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा विष्णु कुमार रोक्का, सचिवमा कुमार किशान र कोषाध्यक्षमा नरेश पुन र नवलपुर–निर्णय हुन बाँकी छ ।
सो अवसरमा बोल्दै मन्त्री थापाले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी अवस्थामा रहन आग्रह गर्दै पालिका हुँदै जिल्ला छनोटको कार्य जिल्ला खेलकुदको नेतृत्वमा रहेकोले उत्कृष्ट खेलाडी छनौट गर्न आग्रह गरे । उनले दशौं राष्ट्रिय खेलकुदका लागि ३ करोड ३० लाख रकम विनियोजन गरिएको बताउँदै प्रदेश सरकार खेलाडीहरुको हितका लागि गम्भिर रहेको बताए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले खेलकुद विकासको अभिभारा जिल्ला समितिमा निहित रहेको बताउँदै समितिका पदाधिकारीहरुले आफ्नो जिम्मेवार अनुरुप अघि बढ्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: