काठमाडौँ । रास्वपा सांसद सोबिता गौतमले राजावादी समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रको घटनामा संलग्नमाथि छानबिन गरी कारबाहीको माग गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ ९कोटेश्वर, जडिबुटी०बाट निर्वाचित सांसद गौतमले प्रदर्शनका नाममा गरेको घटनाले लोकतन्त्रको शिर झुकाएको बताएकी छन् ।
गौतमले सामाजिक सञ्जालमार्फत शनिबार उक्त घटनाको विरोध गरेकी हुन् ।'हिजो तीनकुनेमा भएको घटनाले हाम्रो लोकतान्त्रिक मुलुकको शिर झुकाएको छ । शान्तिपूर्ण आन्दोलन गर्नु नागरिकको संवैधानिक अधिकार हो, तर त्यसको नाममा सर्वसाधारणमाथि नै आक्रमण गर्नु कदापि स्वीकार्य छैन । कसैको निजी सम्पत्ति घर जलाउनु, एउटा सामान्य मानिसले आफ्नो परिवार पाल्न खोलेको स्टेशनरी पसल जलाएर खरानी पार्नु, औषधी कारखाना जलाउनु, सम्पत्ती लुटपाट गर्नु कुनै राष्ट्रवादी कार्य हैन, हुन सक्दैन । यस्तो हिंसा न त राष्ट्रवादी भाव हो, न त देश सेवाको माध्यम हो । यो सामान्य जनतामाथिको निर्मम प्रहार हो, लुटपाट र डकैती हो' उनको भनाइ छ,'चैत १५ गते शुक्रबार काठमाडौं क्षेत्र नम्बर २ स्थित तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी तथा सिनामंगल क्षेत्रमा भएका सम्पूर्ण निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी, लुटपाट तथा क्षति पुर्याउने कार्यको घोर निन्दा गर्दछु ।'
त्यो घटना गराउनका लागि आदेश दिनेमाथि पनि अनुसन्धान गरी कारबाही हुनुपर्ने सांसद गौतमको माग छ ।'जसको आदेशबाट यस्तो हिंसा भयो, जसको उक्साहटबाट यो अपराध भयो ऊबाट यो क्षति भराउनुपर्छ र ती तत्त्वहरूलाई कानुनी कारबाहीको भागिदार बनाउनैपर्छ । सरकारले यस कार्यमा तदारूकता देखाओस् । आपराधिक घटनाको सरकारले तत्काल छानबिन गरोस्' उनको माग छ ।
राजावादीहरूले कान्तिपुर टिभी, अन्नपूर्ण पोस्ट लगायतको कार्यालयमा पनि ढुंगामुढा गर्दै आगजनीको प्रयास गरेका थिए । भिडियो खिच्न गएका पत्रकार सुरेश रजक घरभित्र रहेको बेला बाहिरबाट आगो लगाएर मारिएको थियो ।'भिडियो खिचिरहेको घरमा आगो लगाएर मारिएका पत्रकार सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । आफ्नो कर्ममा खटिँदा आक्रमणमा परेका पत्रकार दिनेश गौतमलगायतको शीघ्र स्वास्थ्यलाभको कामना' सांसद गौतमले भनेकी छन्,'विभिन्न सञ्चारगृहमा भएका आक्रमणप्रति खेद प्रकट गर्न चाहन्छु ।' उनले सञ्चारमाध्यम र पत्रकारको सुरक्षामा ध्यान दिन पनि सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएकोमा पनि सांसद गौतमले आपत्ति जनाएकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १०:५५
चितवन। चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिराम...
आषाढ़ ३ गते, २०८३ - १०:४२
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई तलब–भत्ता तथा अन्य दायित्वको रकम फिर्ता गर्न अन्तिम पटक १...
आषाढ़ ३ गते, २०८३ - १०:२५
बाजुरा। बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं(७ बस्ने २४ वर्षीया गोपाल वली...
आषाढ़ ३ गते, २०८३ - १०:१६
दमक। झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल...
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...



प्रतिकृया लेख्नुहोस्: