Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

खबरडबली संवाददाता

मुस्ताङ । मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ र ४ मा अवस्थित दुई वटा सवारी व्यवस्थापन गर्ने बसपार्क सञ्चालनको ठेक्का लिएर बीचैमा छोड्ने र ठेक्का सम्झौताको शर्त वापतको असुर उपर गर्नुपर्ने रकम पूरै भुक्तानी नगरेको भन्दै मुस्ताङको घरपझोङ–४ जोमसोमका स्थानीय सुरेश शेरचनविरुद्ध घरपझोङ गाउँपालिका कार्यालयले मुस्ताङका सबै निकायमा सरकारी सेवा सुविधा लिन नपाउने गरी प्रारम्भिक चरणको कारबाही प्रक्रियाअघि बढाएको छ ।

गाउँपालिकालाई असुल उपर नभएसम्म बसपार्क ठेक्का लिएका उनलाई गाउँपालिका, वडा कार्यालयलगायत सबै सरकारी कार्यालयबाट हुने सिफारिस, अनुदानलगायत सबै किसिमका सरकारी सेवा लिन नपाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।

गाउँपालिका प्रथम पक्षले लगाएको बसपार्क ठेक्का रद्द भइसकेकाले नयाँ ठेक्का लगाउने गरी गृहकार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । “पुरानो बसपार्क ठेक्का भङ्ग भएको र नयाँ ठेक्का लगाउने तयारी हुँदैछ”, उनले भने, “बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८० लाई संशोधन गरी नयाँ कार्यविधि–२०८१ जारी भइसकेको छ ।”

गाउँपालिकाको आन्तरिक राजस्व वृद्धि गर्ने र मुस्ताङ सदरमुकाम जोमसोमलाई व्यवस्थित रूपमा सवारी पार्किङ गर्नेगरी मुकामको सौन्दर्र्यता जोगाउन गाउँपालिका प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । घरपझोङ गाउँपालिकाअन्तर्गत रहेका दई वटा बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकाले गतवर्ष दरभाउ पत्रको सूचना प्रकाशित गरेको थियो ।

प्रकाशित सूचनाअनुसार मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका स्थानीय सुरेश शेरचनले वार्षिक रु २० लाख २५ हजार भाडा गाउँपालिकालाई बुझाउने सर्त बमोजिम बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्नेगरी ठेक्का सम्झौता गरेका थिए । गाउँपालिकाले घरपझोङ बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८० अनुसार विसं २०८० चैत १५ गते बसपार्क सञ्चालन तथा व्यवस्थापनको ठेक्का लगाइएको थियो ।

गाउँपालिका प्रथम पक्षसँग बसपार्क ठेक्का लिएका दोस्रो पक्ष स्थानीय शेरचनले ठेक्का सम्झौताका सर्त र प्रावधानअनुसार सुरुआती तीन महिनाको अग्रिम भाडा धरौटी रु पाँच लाख पाँच हजार दुई सय २५ र सम्झौता अवधि दुई वर्षको भाडाको पाँच प्रतिशत हुन आउने रकम रु दुई लाख दुई हजार पाँच सय गरी कूल रु सात लाख आठ हजार सात सय ५० गाउँपालिकालाई बुुझाएका थिए ।

गाउँपालिका प्रथम पक्ष र बसपार्कका व्यवसायी दोस्रो पक्षबीच घरपझोङका दुई बसपार्कको सञ्चालन तथा व्यवस्थापन गर्ने र बसपार्क सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने उल्लेख गरिएको थियो । यसै प्रयोजनार्थ गाउँपालिकाले दुई पार्कको थप स्तरोन्नति, विद्युत्, इन्टरनेट खानेपानी, टिकट बुकिङ क्वान्टर, बसपार्क गेट निर्माणसहित बसपार्क क्षेत्रमा सिसी टिभी क्यामेरा जडान गरेको थियो ।

गाउँपालिकाले बसपार्क चलाउन स्थानीय प्रशासन, सुरक्षाकर्मीलगायत सबै सरोकारवालासँग चरणबद्ध छलफल गरेको थियो । गाउँपालिकाले बसपार्क व्यवस्थापनका लागि तीन जना पालिका प्रहरीसमेत करारमा नियुक्ति गरेको थियो ।

स्थानीय शेरचनले बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्न गाउँपालिका, प्रशासन र सुरक्षा निकाय लगायतले असहयोग गरेको भन्दै दुई वर्षको बसपार्क ठेक्का एकपक्षीय रुपमा ठेक्का भङ्ग गरेको पत्र गाउँपालिकामा पठाएका थिए ।

गतवर्षको १५ चैतमा कार्यान्वयन गर्ने बसपार्क ठेक्का लिएका शेरचनले बसपार्क सञ्चालन गर्नेतर्फ ध्यान नदिएको र बसपार्कको भाडा क्रमशः बुझाउँदै जानुपर्नेमा नबुझाएको भन्दै बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि– २०८० अनुसार गाउँ कार्यपालिकाको बैठकले शेरचनसँग २०८१ असोज २१ गते ठेक्का सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: