Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

खबरडबली संवाददाता

मुस्ताङ । मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ र ४ मा अवस्थित दुई वटा सवारी व्यवस्थापन गर्ने बसपार्क सञ्चालनको ठेक्का लिएर बीचैमा छोड्ने र ठेक्का सम्झौताको शर्त वापतको असुर उपर गर्नुपर्ने रकम पूरै भुक्तानी नगरेको भन्दै मुस्ताङको घरपझोङ–४ जोमसोमका स्थानीय सुरेश शेरचनविरुद्ध घरपझोङ गाउँपालिका कार्यालयले मुस्ताङका सबै निकायमा सरकारी सेवा सुविधा लिन नपाउने गरी प्रारम्भिक चरणको कारबाही प्रक्रियाअघि बढाएको छ ।

गाउँपालिकालाई असुल उपर नभएसम्म बसपार्क ठेक्का लिएका उनलाई गाउँपालिका, वडा कार्यालयलगायत सबै सरकारी कार्यालयबाट हुने सिफारिस, अनुदानलगायत सबै किसिमका सरकारी सेवा लिन नपाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।

गाउँपालिका प्रथम पक्षले लगाएको बसपार्क ठेक्का रद्द भइसकेकाले नयाँ ठेक्का लगाउने गरी गृहकार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । “पुरानो बसपार्क ठेक्का भङ्ग भएको र नयाँ ठेक्का लगाउने तयारी हुँदैछ”, उनले भने, “बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८० लाई संशोधन गरी नयाँ कार्यविधि–२०८१ जारी भइसकेको छ ।”

गाउँपालिकाको आन्तरिक राजस्व वृद्धि गर्ने र मुस्ताङ सदरमुकाम जोमसोमलाई व्यवस्थित रूपमा सवारी पार्किङ गर्नेगरी मुकामको सौन्दर्र्यता जोगाउन गाउँपालिका प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । घरपझोङ गाउँपालिकाअन्तर्गत रहेका दई वटा बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकाले गतवर्ष दरभाउ पत्रको सूचना प्रकाशित गरेको थियो ।

प्रकाशित सूचनाअनुसार मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका स्थानीय सुरेश शेरचनले वार्षिक रु २० लाख २५ हजार भाडा गाउँपालिकालाई बुझाउने सर्त बमोजिम बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्नेगरी ठेक्का सम्झौता गरेका थिए । गाउँपालिकाले घरपझोङ बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८० अनुसार विसं २०८० चैत १५ गते बसपार्क सञ्चालन तथा व्यवस्थापनको ठेक्का लगाइएको थियो ।

गाउँपालिका प्रथम पक्षसँग बसपार्क ठेक्का लिएका दोस्रो पक्ष स्थानीय शेरचनले ठेक्का सम्झौताका सर्त र प्रावधानअनुसार सुरुआती तीन महिनाको अग्रिम भाडा धरौटी रु पाँच लाख पाँच हजार दुई सय २५ र सम्झौता अवधि दुई वर्षको भाडाको पाँच प्रतिशत हुन आउने रकम रु दुई लाख दुई हजार पाँच सय गरी कूल रु सात लाख आठ हजार सात सय ५० गाउँपालिकालाई बुुझाएका थिए ।

गाउँपालिका प्रथम पक्ष र बसपार्कका व्यवसायी दोस्रो पक्षबीच घरपझोङका दुई बसपार्कको सञ्चालन तथा व्यवस्थापन गर्ने र बसपार्क सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने उल्लेख गरिएको थियो । यसै प्रयोजनार्थ गाउँपालिकाले दुई पार्कको थप स्तरोन्नति, विद्युत्, इन्टरनेट खानेपानी, टिकट बुकिङ क्वान्टर, बसपार्क गेट निर्माणसहित बसपार्क क्षेत्रमा सिसी टिभी क्यामेरा जडान गरेको थियो ।

गाउँपालिकाले बसपार्क चलाउन स्थानीय प्रशासन, सुरक्षाकर्मीलगायत सबै सरोकारवालासँग चरणबद्ध छलफल गरेको थियो । गाउँपालिकाले बसपार्क व्यवस्थापनका लागि तीन जना पालिका प्रहरीसमेत करारमा नियुक्ति गरेको थियो ।

स्थानीय शेरचनले बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्न गाउँपालिका, प्रशासन र सुरक्षा निकाय लगायतले असहयोग गरेको भन्दै दुई वर्षको बसपार्क ठेक्का एकपक्षीय रुपमा ठेक्का भङ्ग गरेको पत्र गाउँपालिकामा पठाएका थिए ।

गतवर्षको १५ चैतमा कार्यान्वयन गर्ने बसपार्क ठेक्का लिएका शेरचनले बसपार्क सञ्चालन गर्नेतर्फ ध्यान नदिएको र बसपार्कको भाडा क्रमशः बुझाउँदै जानुपर्नेमा नबुझाएको भन्दै बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि– २०८० अनुसार गाउँ कार्यपालिकाको बैठकले शेरचनसँग २०८१ असोज २१ गते ठेक्का सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थाले, परिचय खुल्ने कागजसहित एक हजार चाहिने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...

रविको भर पर्दा कुलमान न घरको न घाटको भए, अब बालेनको पालो : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...

कांग्रेस महामन्त्रीद्वय भन्छन्- विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...

आजको मौसम पूर्वानुमान : तराई/मधेसमा कुहिरो

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

कांग्रेस विशेष महाधिवेशन कति वैधानिक ?

काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...

कुलमानले सहमतिभन्दा अतिरिक्त मागेपछि भाँडियो रास्वपासँगको एकता

काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...

चुनावअघि नै सुशासन मार्गचित्र ल्याउने सरकारको प्रयास, समितिलाई भ्रष्टाचार-लक्षित तीन कार्यादेश

काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending