Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सञ्चारमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा नवनियुक्त राजदूत मायदालाई स्वागत गर्दै नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न अनुरोध गरे ।

जापानको ओसाकामा नेपाल–२०२५ वर्ल्ड एक्सपो हुन लागेकामा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले यसले नेपाली उत्पादन प्रदर्शन गर्ने पर्याप्त अवसर सिर्जना गर्नुका साथै द्विपक्षीय व्यापार अभिवृद्धिमा योगदान पुर्याउने आधार सिर्जना हुने बताए । आगामी वर्ष सन् २०२६ मा कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव रहेको र त्यही वर्ष नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुँदैछ भन्ने उनले राजदूत मायदालाई जानकारी दिए । यस सन्दर्भमा नेपालले जापानबाट थप विकास सहायता प्राप्त गर्ने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।

जापानका तत्कालीन विदेशमन्त्री कामीकावा योकोले गत वर्ष मे महिनामा गर्नुभएको नेपाल भ्रमण, सन् २०२२ नोभेम्बरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवलोकन गर्न जापानका विदेश राज्यमन्त्री ताकेइ शुनसुकेसहितको टोलीले गरेको नेपाल भ्रमणको स्मरण गराउँदै मन्त्री गुरुङले यस प्रकारको अवलोकन तथा  भ्रमणबाट नेपालको लोकतन्त्र मजबुत बनाउन र निर्वाचन निष्पक्ष बनाउन सहयोग पुगेको उनले उल्लेख गरे । समय–समयमा हुने द्विपक्षीय भ्रमण नेपाल र जापानबीचको सौहार्दपूर्ण सम्बन्धमा कोसेढुङ्गाको रुपमा रहिरहने मन्त्री गुरुङले बताए ।

नेपालमा जापानले गरेको आर्थिक, सामाजिक, विकासका सहयोगको चर्चा गर्दै मन्त्री गुरुङले भविष्यमा थप एक अर्काको सहकार्य प्रगाढ बनाउने धारणा राखे । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ । 

नेपालसँग जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरुमा भौतिक पूर्वाधार विकास, मानव संशाधन विकास, स्वास्थ्य, कृषि विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्दछन् । नेपालले पूर्वाधार विकास, औद्योगिक विकास, कृषि, जलविद्युत्लगायत क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहेको मन्त्री गुरुङले उल्लेख गरे ।

जापानमा नेपाली समुदायको उल्लेख्य उपस्थित हुनु नै द्विपक्षीय सम्बन्धको उल्लेखनीय पक्ष रहेको उनको भनाइ थियो । मन्त्री गुरुङले नवनियुक्त राजदूत मायदाको सफल कार्यकालको शुभकाना दिँदै आगामी दिनमा दुई मुलुकबीच आर्थिक सहयोग र सहकार्यका विषय एवं द्विपक्षीय व्यापार तथा लगानीका विषयलाई उच्च प्राथमिकता दिनुहुनेछ भन्ने विश्वास व्यक्त गरे ।

मानव संशाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजनाअन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । जापान कोलम्बो योजनामा सामेल भएकाले जापान सरकारले नेपाली विद्यार्थीलाई प्राविधिक तालिम दिन थालेको छ । यस्तो सहयोगका लागि  जापान सरकारप्रति मन्त्री गुरुङले आभार प्रकट गरे ।

सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध अझै घनिष्ट एवं मैत्रीपूर्णरुपमा अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको प्रारम्भ हुनुअघि जनस्तरमा द्विपक्षीय सम्बन्ध पनि उत्तिकै बलियो भएकामा खुसी व्यक्त गरे ।

जापानले भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता र सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति अभार व्यक्त गर्नुका साथै उनले नेपालले सदैव जापानसँगको आपसी हित र सहयोगलाई उच्च महत्व दिई आएको बताए । जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गर्ने गरेको निःशर्त सम्मानप्रति नेपालले खुला हृदयले प्रशंसा गर्दै आएको मन्त्री गुरुङले बताए ।

सो अवसरमा राजदूत मायदाले नेपाल र नेपाली जनताप्रति जापानको अत्यन्त मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे । उनले नेपाललाई सहयोग गर्न सधैँ तत्पर रहेको उल्लेख गर्दै दुवै देशलाई हित हुने सहयोग साझा गर्नुुपर्ने धारणा राखे । राजदूत मायदाका अनुसार जापानमा हाल करिब दुई लाख नेपाली अध्ययन, रोजगारी र व्यवसायमा आबद्ध छन् । 

‘नेपालीहरु पछिल्लो समय रेष्टुराँ सञ्चालन गर्ने गरेको पाइएको । यो राम्रो हो’, राजदूत मायदाले भने । मन्त्री गुरुङसमक्ष कूटनीतिक भावना आदान प्रदान गर्ने क्रममा उनले नेपाली परिकार दाल भात र तरकारी अत्यन्त मिठो लाग्ने तथा जापानमा जाँदा नेपालीले खोलेको रेष्टुराँमा दालभात तरकारी खाने गरेको समेत अनुभव सुनाए । 

त्यस्तै, मुस्ताङ घुम्न जाने आफ्नो इच्छा रहेको उल्लेख गर्दै राजदूत मायदाले नेपाल प्राकृतिक र सांस्कृतिक दृष्टिले सम्पन्न रहेको बताए ।  मन्त्री गुरुङले लमजुङ जिल्लाको सौन्दर्य र त्यहाँ घुमफिर गर्ने महत्वपूर्ण पर्यटकस्थलबारे राजदूत मायदालाई जानकारी दिए । सो अवसरमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव कोषहरि निरौला, सूचनाप्रविधि विज्ञ डा शालिग्राम पराजुली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending