Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

उच्च शिक्षाको विकासका लागि प्राज्ञिक स्वायत्तता आवश्यक छ: नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्व विद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षा उन्नयनको ढोका खुल्ने बताएका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनले कीर्तिपुरमा आयोजना गरेको उच्च शिक्षासम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महरले अहिले विद्यालय शिक्षालगायत दर्जनौं विधेयक संसदमा थन्किएर बसेका र उच्च शिक्षा विधेयक त झन बेवारिस नै भएको बताएका हुन् ।

'गरिव देशको जम्बो संसद कानुन निर्माणका सवालमा अकर्मण्य भएको र भत्ता खानमा मात्र सीमित देखिएको छ । विश्व विद्यालय शिक्षालाई व्यवस्थित र थप गुणस्तरिय बनाउन उच्च शिक्षा ऐन यथासक्य छिटो ल्याउनु पर्दछ,' महरले भने ।

शिक्षाभित्र नयाँ प्रविधि प्रवेशबाट अहिलेका युवा झनै स्वतन्त्र भएर आफैँ नेतृत्व लिन तयार भएका कारण हरेक कुरामा न्यूनर्मल खोजी रहेकाले उनीहरूले व्यक्तिको शासन नबोक्ने महरको दाबी छ । पूर्वराजाका पक्षमा प्रायोजित रुपले केही मानिसले होहल्ला गरेर चियाको कफमा तुफान ल्याउन खोजे पनि फरक नपर्ने तर राजनीति पनि उत्तिकै संग्लो हुन हुन आवश्यक रहेको उनको तर्क छ । 'यो स्वतन्त्रताको युग हो । अहिलेका युवा म नेतृत्व गर्न सक्छु भनेर तयार भइरहेका छन् । व्यक्तिको शासनलाई कसैले बोक्छ जस्तो मलाई लाग्दैन,' उनले भने ।

नेता महरले अहिले युवाले प्रत्येक कुरामा न्यूनर्मल खोजिरहेकाले शिक्षा पनि युग सुहाउँदो हुनुपर्ने धारणा राखेका छन् । 'युग सुहाउँदो शिक्षाका लागि आवश्यक विषय विधेयकमा लेखिनुपर्छ । म तपाईंहरूलाई प्रश्न गर्न चाहन्छु, नेपालका विश्व विद्यालय र प्रतिष्ठानका पदाधिकारी तथा सबै विचार धाराका प्राध्यापक बसेर राष्ट्रलाई विधेयक दिन सक्नुहुन्छ ? यो तयारी गर्नुहोस् । यो आजको आवश्यकता हो । विज्ञले देशको अर्थतन्त्र र विश्व हेरेर तयार पारेको विधेयक सदनले अस्विकार गर्दा अर्को बहस होला,' उनले भने ।

यसका साथै महरले स्वदेशमा टिक्ने र विदेशमा विक्ने शिक्षा युवाको माग रहेको र त्यही नै अहिलेको आवश्यकता भएको प्रस्ट्याएका छन् । विश्व विद्यालयको शिक्षालाई व्यापक रुपमा हेरिनुपर्ने र त्यसको दायरा फराकिलो पारिनु पर्ने उनको भनाइ छ ।

अहिलेको युग एआई प्रविधिमा पुगिसकेकाले शिक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा सबै सचेत रहनु पर्ने उनले बताए । 'एआईका माध्यमले हामीले शिक्षालाई कसरी व्यवस्थित गर्न सक्छौं भन्नेमा सचेत हुनुपर्छ । 'डार्य ईन्डस्ट्रीज' मा आज उज्यालो बिना पनि मेसिनले काम गरिरहेको समयमा हामीले हाम्रो शिक्षालाई कसरी प्रतिष्पर्धि बनाउँछौं भन्ने महत्त्वपूर्ण कुरा हो,' उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE