Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

उच्च शिक्षाको विकासका लागि प्राज्ञिक स्वायत्तता आवश्यक छ: नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्व विद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षा उन्नयनको ढोका खुल्ने बताएका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनले कीर्तिपुरमा आयोजना गरेको उच्च शिक्षासम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महरले अहिले विद्यालय शिक्षालगायत दर्जनौं विधेयक संसदमा थन्किएर बसेका र उच्च शिक्षा विधेयक त झन बेवारिस नै भएको बताएका हुन् ।

'गरिव देशको जम्बो संसद कानुन निर्माणका सवालमा अकर्मण्य भएको र भत्ता खानमा मात्र सीमित देखिएको छ । विश्व विद्यालय शिक्षालाई व्यवस्थित र थप गुणस्तरिय बनाउन उच्च शिक्षा ऐन यथासक्य छिटो ल्याउनु पर्दछ,' महरले भने ।

शिक्षाभित्र नयाँ प्रविधि प्रवेशबाट अहिलेका युवा झनै स्वतन्त्र भएर आफैँ नेतृत्व लिन तयार भएका कारण हरेक कुरामा न्यूनर्मल खोजी रहेकाले उनीहरूले व्यक्तिको शासन नबोक्ने महरको दाबी छ । पूर्वराजाका पक्षमा प्रायोजित रुपले केही मानिसले होहल्ला गरेर चियाको कफमा तुफान ल्याउन खोजे पनि फरक नपर्ने तर राजनीति पनि उत्तिकै संग्लो हुन हुन आवश्यक रहेको उनको तर्क छ । 'यो स्वतन्त्रताको युग हो । अहिलेका युवा म नेतृत्व गर्न सक्छु भनेर तयार भइरहेका छन् । व्यक्तिको शासनलाई कसैले बोक्छ जस्तो मलाई लाग्दैन,' उनले भने ।

नेता महरले अहिले युवाले प्रत्येक कुरामा न्यूनर्मल खोजिरहेकाले शिक्षा पनि युग सुहाउँदो हुनुपर्ने धारणा राखेका छन् । 'युग सुहाउँदो शिक्षाका लागि आवश्यक विषय विधेयकमा लेखिनुपर्छ । म तपाईंहरूलाई प्रश्न गर्न चाहन्छु, नेपालका विश्व विद्यालय र प्रतिष्ठानका पदाधिकारी तथा सबै विचार धाराका प्राध्यापक बसेर राष्ट्रलाई विधेयक दिन सक्नुहुन्छ ? यो तयारी गर्नुहोस् । यो आजको आवश्यकता हो । विज्ञले देशको अर्थतन्त्र र विश्व हेरेर तयार पारेको विधेयक सदनले अस्विकार गर्दा अर्को बहस होला,' उनले भने ।

यसका साथै महरले स्वदेशमा टिक्ने र विदेशमा विक्ने शिक्षा युवाको माग रहेको र त्यही नै अहिलेको आवश्यकता भएको प्रस्ट्याएका छन् । विश्व विद्यालयको शिक्षालाई व्यापक रुपमा हेरिनुपर्ने र त्यसको दायरा फराकिलो पारिनु पर्ने उनको भनाइ छ ।

अहिलेको युग एआई प्रविधिमा पुगिसकेकाले शिक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा सबै सचेत रहनु पर्ने उनले बताए । 'एआईका माध्यमले हामीले शिक्षालाई कसरी व्यवस्थित गर्न सक्छौं भन्नेमा सचेत हुनुपर्छ । 'डार्य ईन्डस्ट्रीज' मा आज उज्यालो बिना पनि मेसिनले काम गरिरहेको समयमा हामीले हाम्रो शिक्षालाई कसरी प्रतिष्पर्धि बनाउँछौं भन्ने महत्त्वपूर्ण कुरा हो,' उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending