Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

किरणको सतकमा कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

खबरडबली संवाददाता

दाङ । युवा ब्याटर किरण ठगुन्नाको सतकको मद्दतमा प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ ।

दाङको लमहीमा आइतबार जितका लागि २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनको जीत हासिल गरेको हो । सुदूरपश्चिमलाई जिताउन किरण ठगुन्नाले ११५ रन बनाएपछि कोशीले संघर्ष गरेको थियो । 

२४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेशका लागि शकिब हकले सर्वाधिक ६२ रन जोडे । उनि ६६ बलमा ११ चौकासहित ६६ रन बनाएर सौर्य श्रेष्ठको बलमा आउट भए । 

कप्तान अंकित सुवेदी २६ बलमा ६ चौकासहित ३८ रनमा आउट भए । समीर कार्कीले ३७ बलमा ३ छक्काको मद्दतमा ३८ रन जाेडे । आशिष भट्टराईले ९० बल सामना गर्दै ४ चौकासहित ३६ रन बनाए । दिपेश कँडेलले १४ रन जोडे । 

कोशीलाई हराउन सुदूरपश्चिमका सौर्य श्रेष्ठले ९ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्टले ४ दशमलब १ ओभरमा २८ रन खर्चेर २ विकेट लिँदा शेर मल्ल, कप्तान नारायण जोशी र राहुल भण्डारीले १/१ विकेट लिए । 

यसअघि लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका किरण ठगुन्नाको सतकीय पारीमा २४२ रन बनाएको थियो ।सुदूरपश्चिमका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चौकाको मद्दतमा ११५ रन बनाए । 

उनले सतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दोश अन्सारीको बलमा लङअफमा प्रकाश कार्कीको हातबाट क्याचआउट भए । फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्शालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले सतक बनाउने खेलाडी बने । 

प्रतियोगितामा सुदूरपश्चिमले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन जोड्यो । सुदूरपश्चिमको पारी उकास्न किरण बाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् । टेक बोहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जोशी समान १४/१४ रन बनाएर आउट भए । सौर्य श्रेष्ठ र निश्चल क्षेत्रीले १०/१० रन बनाए । 

कोशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले ९.४ ओभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए । फिर्दोश अन्सारीले ८ ओभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ ओभरमा ३० रन दिएर २ विकेट हात पारे । 

दिपेश कँडेल, प्रकाश कार्कीले १/१ विकेट लिए । कोशी विरुद्धको जीतमा शतक प्रहार गरेका सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना प्लेयर अफ दी म्याच घाेषित भए । जितसँगै आठ खेलबाट ६ अङ्क बटुलेको सुदूरपश्चिम सातौँ स्थानमा छ । पराजित कोशी दुई अङ्कसहित नवौँ स्थानमा छ ।

यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा बसिर अमहमको अर्धशतकप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको छ । जितका लागि आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा सबै विकेटको क्षतिमा ११२ रनमा समेटिएको थियो । 

जितसँगै आठ खेलबाट १४ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लबको सात खेलबाट समान १४ नै अङ्क छ । पराजित लुम्बिनी समान खेलबाट आठ अङ्क जोड्दै पाँचौँ स्थानमा छ । यस्तै  भैरहवाको एक्ट्राटेक ओभल मैदानमा भएको अर्को खेलमा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले हरायो । जितका लागि एपिएफले दिएको २५९ रनको लक्ष्य पछ्याएको गण्डकी निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २२७ रनमा समेटिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

एमाले महाधिवेशनः ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन

  काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।  पार्ट...

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending