काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौंमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्थित हुन पर्साका जनतालाई अपिल गरेका छन् ।
शुक्रवार जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत विन्दवासिनी गाउँपालिका वहुअर्वामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले विरोध सभामा आउन अपिल गरेका हुन् । केपी ओली नेतृत्वको गठबन्धन सरकार उल्टो बाटोमा हिँडेकाले ठुलो सङ्ख्यामा उपस्थित भएर दबाब दिन आवश्यक भएको उनले बताए ।
‘अहिलेको सरकार भ्रष्टाचारविरुद्ध होइन संरक्षणमा जन्मिएको सरकार हो । लोकतन्त्रको मर्ममाथि प्रहार गरेर बनेको हो । यसले जनताको हितविपरित गलत निर्णय गरेर अगाडि बढेको छ । यसलाई खबरदारी गर्ने उद्देश्यले आउने १५ गते काठमाडौंमा अलि ठुलै सङ्ख्यामा जनप्रदर्शन गर्ने योजना छ । तपाईं हामी सबैको साझा लडाइँ हो । हामीले जित्नैपर्छ’, उनले भने, ‘सरकारको गलत क्रियाकलापको कारणले राम्रो गर्नेलाई दण्डित गर्ने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने उल्टो बाटोमा हिँडेको छ, अलि बढी नै सजग गराउनुपर्ने छ । त्यसकारण ठुलो सङ्ख्यामा उपस्थित हुन अपिल गर्न चाहन्छु । चैत १५ गतेपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार बन्नेछ । फेरि जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्दछु ।’
विरोध सभामा उनले मुकेश चौरासियालाई सहिद घोषणा गराउन सरकारसँग पहलकदमी अगाडि बढाउने आश्वासन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: