तनहुँ । राजमार्ग विस्तारको क्रममा पृथ्वीराज मार्गमा भएको एक महिना सम्मको आंशिक अवरोध हटेको छ । विस्तारको क्रममा रहेको पृथ्वीराज मार्गको मुग्लिङ–पोखरा अन्तर्गतको पूर्वी खण्डमा भएको अवरोध शुक्रवारबाट हटेको हो । यातायात अवरोध हुँदा यात्रुलाई सास्ती भएको थियो ।
राजमार्ग विस्तारको कामको लागि तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द भएको थियो । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन एक महिना सम्मको लागि यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म पाँच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न गरिएको थियो ।
उक्त खण्ड आवश्यकताअनुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिएकोमा सो अवरोध हटेको मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। निर्माणको काम भने जारी रहेकोले आंशिक रूपमा करिब १५ मिनेट सम्म अवरोध हुन सक्ने उनले जानकारी दिए। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु। छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
प्रतिकृया लेख्नुहोस्: