ताप्लेजुङ । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका अठार जना धरौटीमा रिहा भएका छन् । केबलकारविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई जिल्ला अदालत ताप्लेजुङको आदेशअनुसार उनीहरु धरौटीमा रिहाई भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ परेका १८ जना सबैलले जनही २० हजार रपियाँका दरले घरौटी रकम बुझाएर रिहा भएका हुन् । बिहीबार रिहा हुनेहरु पाथीभरा केबलकार विरोधका क्रममा गत फागुन ८ गते पाथीभरा क्षेत्रको काफ्लेपाटी र १० गते सदरमुकाम फुङ्लिङमा गरिएको प्रदर्शनमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको आरोपमा पक्राउ परेका थिए ।
गत फागुन १० र १२ गते पक्राउ परेकाहरुलाई जिल्ला अदालतको थुनछेक बहसपछि भएको आदेशअनुसार धरौटीमा रिहा गरिएको प्ररही निरीक्षक बस्नेतले जानकारी दिए । रिहाइ हुनेमा पाँचजना महिला र अन्य पुरुष रहेका छन् । यस्तै पक्राउ पर्नेहरु केही ताप्लेजुङका र अधिकांस सुनसरी, झापा, पाँचथर र मोरङका रहेका थिए ।
यता नो केबलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले केबलकारविरुद्ध आन्दोलनलाई निरन्तरता दिँदै वार्तामार्फत समाधान खोज्न वार्तामा पनि बस्दै आएका छन् । सरकारी वार्ता टोली र नो केबलकार पक्षको वार्ता सहजीकरण समितिबिच पटक पटक वार्ता भइसकेको छ भने बिहीबार मात्र नो केबलकार पक्षले खगेन्द्र फेम्बो संयोजक रहेको उच्चस्तरीय वार्ता समिति गठन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: