काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको यही चैत ९ र १० गते हुने १०औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
साल भदौ ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दसाैँ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति, कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाधिवेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधानअनुसार अधिवेशनमा होमिएको बताए । उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरू प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । एमालेबाट विद्रोह गरेकाले सोही पार्टी स्थापनाको समयदेखि नै गणना गरी अधिवेशन दसाैँ रूपमा गर्न लागिएको उनले स्पष्ट पारे । उनले जिल्ला अधिवेशनका लागि रुपन्देही जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रहरूबाट प्रतिनिधिहरू छनाेट गर्ने काम सम्पन्न गरिएको उल्लेख गरे ।
अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्दसत्र हुनेछ । बुटवल– १३ स्थित साइनो पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए । अध्यक्ष नेपाल विदेश भ्रमणमा भएकाले प्रमुख अतिथिको छलफलपछि टुंगो लगाउने उनले बताए ।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य प्रदेश पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटी सदस्य हिराध्वज शाह, यम पछाई, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: