काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको यही चैत ९ र १० गते हुने १०औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
साल भदौ ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दसाैँ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति, कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाधिवेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधानअनुसार अधिवेशनमा होमिएको बताए । उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरू प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । एमालेबाट विद्रोह गरेकाले सोही पार्टी स्थापनाको समयदेखि नै गणना गरी अधिवेशन दसाैँ रूपमा गर्न लागिएको उनले स्पष्ट पारे । उनले जिल्ला अधिवेशनका लागि रुपन्देही जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रहरूबाट प्रतिनिधिहरू छनाेट गर्ने काम सम्पन्न गरिएको उल्लेख गरे ।
अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्दसत्र हुनेछ । बुटवल– १३ स्थित साइनो पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए । अध्यक्ष नेपाल विदेश भ्रमणमा भएकाले प्रमुख अतिथिको छलफलपछि टुंगो लगाउने उनले बताए ।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य प्रदेश पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटी सदस्य हिराध्वज शाह, यम पछाई, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: