काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार सातौँ जित निकालेको छ ।
बुटबलको एक्स्ट्राटेक ओभल मैदानमा बिहीबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो । जितका लागि पुलिसले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा सवै विकेटको क्षतिमा दुई सय चार रनमा समेटिएको थियो ।
बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन बनाए । शुभ कंशाकरले ३६, विपिन आचार्यले २०, सूर्य तामाङले १७, प्रतिश जिसीले १४ र आशुतोष घिरैयाले १२ रन बनाए । बलिङमा पुलिसका ललित राजवंशीले चार विकेट लिए । कुशल भूर्तेलले तीन, करण केसीले दुई तथा गुलशन झाले एक विकेट लिए ।
यसअघि पलिे ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो । पुलिसका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकीय इनिङ्स खेले । कुशलले ८८ र दीपेन्द्रले ६० रन बनाए । अमित श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुलशन झाले १६ र दिलिप नाथले १० रन बनाए ।
बलिङमा प्रतिश जिसीले तीन विकेट लिए । रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले एक एक विकेट लिए । जितसँगै १४ अङ्क बनाएको पुलिस शीर्षस्थानमा छ । बागमतीको ६ खेलबाट चार अङ्क छ ।
यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदशलाई पाँच रनले हरायो । जितका लागि कर्णालीले दिएको दुई सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रनमा समेटिएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय पाँच रन बनाएको थियो । जितसँगै कर्णालीले ६ खेलबाट ६ नै अङ्क बनाएको छ । पराजित लुम्बिनीको सात खेलबाट आठ अङ्क पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: