Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

३६ वर्षपछि सिङ्गापुरसँग नेपालको परिक्षा

खबरडबली संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले शुक्रबार सिङ्गापुरसँग खेल्दैछ । दुई साता तयारी गरेर सिङ्गापुर पुगेको नेपाली टोलीले एएफसी एसिएन कप–२०२७ छनोट खेलको तयारीका लागि सिङ्गापुरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

एएफसी एसिएन कप–२०२७ छनोटअन्तर्गत नेपालले मलेसियासँग मार्च २५ तारिख खेल्नेछ । नेपालले सिङ्गापुरसँग ३६ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । नेपाल र सिङ्गापुरबिचको खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे हुनेछ । नेपाली टोलीका अष्ट्रेलियन प्रशिक्षक म्याट रोसका लागि पनि यो पहिलो खेल हो । प्रशिक्षक रोसले सिङ्गापुर जानुअघि नेपालले नतिजामा भन्दा आफ्नो प्रदर्शनमा सुधार गर्ने बताए । 

सिङ्गापुरसँग लामो समयपछि खेल्न लागेको नेपालका लागि शुक्रबारको खेल बास्तविक परिक्षा हुनेछ । यसअघि यी दुई टोलीबिच सन् १९८९ मा फिफा विश्वकप छनोट खेलमा भिडन्त भएको थियो । त्यतिवेला नेपाल दुवै खेलमा पराजित भएको थियो । फिफा वरीयतामा समेत सिङ्गापुर नेपालभन्दा माथि छ । सिङ्गापुर एक सय ६०औँ र नेपाल एक सय ७५औँ स्थानमा छ । त्यसैले नेपाल सिङ्गापुरसँग उत्कृष्ट प्रदर्शन गर्दै मलेसियासँगको खेललाई आत्मविश्वास भर्ने तयारीमा छ ।

प्रशिक्षक रोसले सिङ्गापुर जानुअघि २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका थिए । 

नेपाली टोली  
गोलरक्षक :  किरणकुमार लिम्बू, दीप कार्की र अन्जल श्रेष्ठ
रक्षक : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू र सुमन श्रेष्ठ
मिडफिल्डर :  रोहित चन्द, लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिशरत्न छिन्जु
स्ट्राइकर : जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुवास बम ठकुरी र रेजिन सुब्बा

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending