Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

लुम्बिनीको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकामा

खबरडबली संवाददाता

अमेरिका । लुम्बिनी क्षेत्रको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो ।

भ्रमण टोलीले टेक्सस, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड र वासिङटन डिसीमा अमेरिकी तथा नेपाली समुदायका विभिन्न निकायसँग अन्तरक्रिया, छलफल गर्ने कार्यक्रम रहेको छ । टेक्सस भ्रमणमा रहेको लुम्बिनी परिपथका नगरप्रमुखहरुको टोलीले टेक्ससका राज्यसभाका सांसदहरु, स्थानीय युलेश सिटीका नगरप्रमुख तथा पदाधिकारी, नेपाली समुदायका अगुवासँग छुट्टाछट्टै अन्तरक्रिया गरेको गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभाग प्रमुख नेत्र पाण्डेले जानकारी दिए । 

टेक्ससस्थित अमेरिकी तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन, नेपाली धर्म-संस्कृतिको संरक्षण तथा विकासका लागि दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । यसै सन्दर्भमा टेक्सस राज्यसभाको बैठकले नगरप्रमुखहरुको उपस्थितिमा सङ्कल्प प्रस्ताव पारित गर्दै ‘लुम्बिनी एड्भोकेसी डे’ समेत घोषणा गरेको छ ।

“हाम्रो भ्रमणको उद्देश्य भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु नै हो । भ्रमणका क्रममा हामीले अमेरिकाका स्थानीय नगरपालिकासँग भगिनीसम्बन्ध स्थापित गर्ने, लुम्बिनी क्षेत्रको बारेमा तयार पारिएको जानकारीमूलक सामग्री वितरण गरी अमेरिकी तथा नेपाली नागरिकलाई नेपालको बुद्धभूमि र बुद्ध परिपथका नगरपालिकाको भ्रमणका लागि निमन्त्रणा दिने हो”, देवदह नगरपालिकाका प्रमुख धु्रव खरेलले भने । 

नेपाली समाज टेक्सस, ग्रेटर अष्ट्रिन नेपाली समाज, लुम्बिनी सेवा समाजलगायतका संस्थाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा लुम्बिनी परिपथका प्रमुखहरुले अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई लुम्बिनी भ्रमण गराउन आग्रह गरेका थिए । “अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई नेपालको बारेमा जानकारी छैन । बिदा मनाउन अष्ट्रेलिया, स्वीजरल्याण्ड होइन, नेपालको लुम्बिनी घुम्ने योजना बनाइदिनुस् । यसले दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्छ । उनीहरुमार्फत अमेरिकी समुदायमा लुम्बिनीको प्रचारप्रसार गर्न सहयोग पुग्छ”, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले भने । 

रामनगर नगरपालिका नवलपरासीका प्रमुख धनपत यादवले अमेरिका भ्रमणबाट आफुहरु उत्साहित भएको बताए । यसबाट गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप प्रचारप्रसार गर्न सहयोग मिल्ने उनको भनाइ थियो । लुम्बिनी परिपथका प्रमुखको टोलीले न्यूयोर्कमा प्रमुखसँग भेटघाट, भर्जिनियामा गैरआवासीय नेपाली सङ्घ अमेरिका र मेरिल्याण्डको बाल्टिमोरमा बाना संस्थासँग पर्यटन विकाससम्बन्धी समझदारी गर्ने र वासिङ्गटन डिसीमा नेपाली दूतावाससँग छलफल गर्ने कार्यक्रम रहेको गैरआवासीय नेपाली सङ्घ अमेरिका पर्यटन विभागले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE