Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

लुम्बिनीको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकामा

खबरडबली संवाददाता

अमेरिका । लुम्बिनी क्षेत्रको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो ।

भ्रमण टोलीले टेक्सस, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड र वासिङटन डिसीमा अमेरिकी तथा नेपाली समुदायका विभिन्न निकायसँग अन्तरक्रिया, छलफल गर्ने कार्यक्रम रहेको छ । टेक्सस भ्रमणमा रहेको लुम्बिनी परिपथका नगरप्रमुखहरुको टोलीले टेक्ससका राज्यसभाका सांसदहरु, स्थानीय युलेश सिटीका नगरप्रमुख तथा पदाधिकारी, नेपाली समुदायका अगुवासँग छुट्टाछट्टै अन्तरक्रिया गरेको गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभाग प्रमुख नेत्र पाण्डेले जानकारी दिए । 

टेक्ससस्थित अमेरिकी तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन, नेपाली धर्म-संस्कृतिको संरक्षण तथा विकासका लागि दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । यसै सन्दर्भमा टेक्सस राज्यसभाको बैठकले नगरप्रमुखहरुको उपस्थितिमा सङ्कल्प प्रस्ताव पारित गर्दै ‘लुम्बिनी एड्भोकेसी डे’ समेत घोषणा गरेको छ ।

“हाम्रो भ्रमणको उद्देश्य भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु नै हो । भ्रमणका क्रममा हामीले अमेरिकाका स्थानीय नगरपालिकासँग भगिनीसम्बन्ध स्थापित गर्ने, लुम्बिनी क्षेत्रको बारेमा तयार पारिएको जानकारीमूलक सामग्री वितरण गरी अमेरिकी तथा नेपाली नागरिकलाई नेपालको बुद्धभूमि र बुद्ध परिपथका नगरपालिकाको भ्रमणका लागि निमन्त्रणा दिने हो”, देवदह नगरपालिकाका प्रमुख धु्रव खरेलले भने । 

नेपाली समाज टेक्सस, ग्रेटर अष्ट्रिन नेपाली समाज, लुम्बिनी सेवा समाजलगायतका संस्थाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा लुम्बिनी परिपथका प्रमुखहरुले अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई लुम्बिनी भ्रमण गराउन आग्रह गरेका थिए । “अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई नेपालको बारेमा जानकारी छैन । बिदा मनाउन अष्ट्रेलिया, स्वीजरल्याण्ड होइन, नेपालको लुम्बिनी घुम्ने योजना बनाइदिनुस् । यसले दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्छ । उनीहरुमार्फत अमेरिकी समुदायमा लुम्बिनीको प्रचारप्रसार गर्न सहयोग पुग्छ”, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले भने । 

रामनगर नगरपालिका नवलपरासीका प्रमुख धनपत यादवले अमेरिका भ्रमणबाट आफुहरु उत्साहित भएको बताए । यसबाट गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप प्रचारप्रसार गर्न सहयोग मिल्ने उनको भनाइ थियो । लुम्बिनी परिपथका प्रमुखको टोलीले न्यूयोर्कमा प्रमुखसँग भेटघाट, भर्जिनियामा गैरआवासीय नेपाली सङ्घ अमेरिका र मेरिल्याण्डको बाल्टिमोरमा बाना संस्थासँग पर्यटन विकाससम्बन्धी समझदारी गर्ने र वासिङ्गटन डिसीमा नेपाली दूतावाससँग छलफल गर्ने कार्यक्रम रहेको गैरआवासीय नेपाली सङ्घ अमेरिका पर्यटन विभागले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending