Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

अर्ग्यानिक मल उत्पादनमा कृषकको बढ्दो आकर्षण

खबरडबली संवाददाता

रुपन्देही । कोरोनाको महामारीका कारण संसार घरभित्र थुनिएको थियो । तर रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका –२, केउटलियाका युवा फारुक खानाको दिमागमा एउटा योजना आयो ।

फारुक घरभित्र मोवाइलमा भिडियो हेरेर बसिरहेको बेला गँड्यौला मल उत्पादनको विधिबारे बुझ्न पाए र करिब ४ वर्ष अगाडि गँड्यौला मलको उत्पादन गर्न गाउँमै सुरु गरे । फारुकले सुरुवातमा करिब २ लाख ४० हजार लगानी गरेर मल उत्पादनका लागि आफ्नै जग्गामा फर्म सञ्चालन गरे । गँड्यौला ल्याए । मलको उत्पादन गर्न थाले बिस्तारै उनको मलले सफलता हासिल गर्दैगयो । फारुकले लगानी बढाएर ४० लाख पर्याए । अहिले फारुकले मल बेचेर मात्र मासिक करिब ९० हजार आम्दानी गर्दै आएका छन् । 

फारुकले आफूले उत्पादन गरेको मल आफ्नै दुई विघा जमिनमा छरेर खेती पनि गर्दै आएका छन् । अहिले गहुँ उत्पादन राम्रो गरेका छन् । 

फारुकले थपे, “अग्र्यानिक मलको उत्पादन गरेर आफ्नै खेतमा प्रयोग गर्दैआएको छु, गत वर्ष पनि यसरी नै प्रयोग गरेर राम्रो उत्पादन गरेको थिएँ ।” फारुकजस्तै अर्का किसान हुनुहुन्छ तिलोत्तमा नगरपालिका –६, कुन्जलापुर निवासी विष्णुप्रसाद भण्डारी । विष्णुले आजभन्दा करिब ६ वर्ष अगाडि रासायनिक मलको प्रयोग गरेर तरकारी खेती गर्दै आएका थिए । 

तर रासायनिक मलको प्रयोगले उनको स्वास्थ्यमा समस्या देखिएपछि उनले प्रयोग गर्नै छाडे । त्यसपछि विष्णुको दिमागमा अग्र्यानिक खेती गर्नुपर्छ भन्ने सोच आयो । अहिले विष्णुले करिब दुई विघा क्षेत्रफलमा गँड्यौला, झोल मललगायत अग्र्यानिक खेतीको विधि प्रयोग गरेर तरकारी खेती गर्दै आएका छन् । विष्णुले भैँसी पालेर गोवर र पिसाब सङ्कलन गरेर गँड्यौला, झोल मल उत्पादन गर्दै आएका छन् । 

विष्णु भन्छन्, “पहिला रासायनिक मल प्रयोग गर्दा र अहिले अग्र्यानिक मलको प्रयोग गर्दा कृषि उत्पादनमा पनि धेरै भिन्नता पाएको छु ।” विष्णुले थपे, “रासायनिक मल प्रयोग गर्दा स्वास्थ्यलाई पनि बेफाइदा हुने र उत्पादन पनि बिषादीयुक्त हुने तर अग्र्यानिक मलले भने उत्पादन पनि सुद्ध र स्वास्थ्य पनि राम्रो हुन्छ ।”

विष्णुले गरेको अग्र्यानिक तरकारी खेती जिल्लामै उदाहरणीय बन्दै जान थालेको छ । अहिले विष्णुले टमाटर, गोभीलगायतका तरकारी खेतमा उब्जाएका छन् । 

रुपन्देही जिल्लामा पछिल्लो समय किसानले अग्र्यानिक मलको उत्पादन र प्रयोग गर्नेक्रम बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका अनुसार जिल्लाका करिब ५० किसानले अग्र्यानिक विधिबाट कृषि गर्नेगरेका छन् । कृषि अधिकृत अनिल बानिया भन्छन्, “अग्र्यानिक मलको प्रयोगले माटोको कणहरूलाई एकापसमा बाँधेर दानेदार संरचना बनाई माटोको संरचनामा सुधार ल्याउने र आवश्यक खाद्यतत्वहरु थपिने, जसलेगर्दा माटोको अवस्थालाई दिगो रूपमा उर्वरक तथा उत्पादनशील बनाएर राख्न सकिन्छ ।”

अग्र्यानिक मलको प्रयोगमा केही चुनौतीहरू पनि देखापरेको कृषि ज्ञान केन्द्र रुपन्देहीले जनाएको छ । कृषि अधिकृत अनिल बानियाका अनुसार मुख्यगरी गुणस्तरीय प्राङ्गारिक मलबारे जानकारीको कमी छ, कृषकहरूमा बजारमा उपलब्ध प्राङ्गारिक मलको गुणस्तरप्रति विश्वासमा कमी छ । बाली उत्पादन लागतमा वृद्धि हुने, असर देखिन अलि समय लाग्ने हुन्छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE