तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रको गुटको अन्त्य गर्नको लागि पार्टीले विधान संशोधन गर्ने बताएका छन् ।
महामन्त्री थापाले बुधबार नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले दमौली गरेको सभालाई सम्बोधन गर्दै बताएका छन् । महामन्त्री थापाले क्रियाशील सदस्यबाटै केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापति छान्ने कानुनी व्यवस्था गरे कांग्रेसमा गुटबन्दी अन्त्य हुने बताए ।
महामन्त्री थापाले भने, ‘सीमित व्यक्तिबाट छान्दा दुरबिन लगाएर खोज्ने र गुट बनाउने काम भयो, यसको अन्त्यको लागि विधान संशोधनको बैठक गर्न लागेका छौं ।’
गुट–उपगुट समाप्त गर्ने हो आगामी महाधिवेशनमा यो विधिलाई बदल्नुपर्ने उनको भनाइ थियो । देशभरका क्रियाशील सदस्यले मत हालेर सभापति चुनौं’, थापाले भने, ‘उम्मेदवार पालिकाका क्रियाशीलले टुङ्ग्याउने हो भने काठमाडौं जानुपर्दैन ।’
एक भोटले कांग्रेसको सभापति छानिने, जिल्ला सभापति छानिने विधिका बारेमा छलफल गर्न जरुरी रहेको उनले बताए । महामन्त्री थापाले पूर्व विशिष्टलाई सुविधा थप्ने नभई कटौटी गर्नुपर्ने बताए ।
देशको अर्थतन्त्र कमजोर भएकोले कटौती हुनुपर्ने उनको भनाइ थियो । खर्च घटाउने उपायको बारेमा कानुन नै बनाउन उपयुक्त हुने महामन्त्री थापाको भनाइ थियो । पूर्व विशिष्टको लागि उपचार, घर खर्च राज्यका लागि भार हुनु नहुने उनले बताए ।
महमन्त्री थापाले सरकारद्वारा सञ्चालित उद्योग घाटामा भएकोले बन्द गर्नुपरेको स्मरण गर्दै सो सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन उपयुक्त हुने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशका विकासको सबै काम, सबैजाती, महिलालाई अधिकार दिने, देशमा शान्ति दिने र निकास दिने पार्टी नेपाली काँग्रेस भए पनि प्रचार हुन नसकेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति, जितप्रकाश आले, क्षेत्र नम्बर १ का सभापति श्याम मौरती लगायतले गुट उपगुटमा नलागेर सङ्गठन निर्माणमा लाग्नु पर्नेमा जोड दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: