बुटवल । बुटवलमा दोस्रो मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा मिडिया सम्मेलन हुने भएको हो ।
सञ्चार माध्यमहरु धरासायी हुँदै गएको र केही बन्द समेत हुँदै गएको अवस्थामा मिडियालाई कसरी चलायमान बनाउन सकिन्छ, मिडियालाई जोगाउने र मिडियाकर्मीलाई बचाँउने आधारहरु के–के हुन सक्छन् ? भन्ने विषयमा सम्मेलन गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे वृहत अन्तरक्रियाका लुम्बिनी मिडिया सम्मेलन गर्न लागिएको प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुवँरले जानकारी गराए । उनका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा सञ्चारगृहका लागि आइपर्ने अवसर र सम्भावको खोजी गरिनेछ । मिडिया सम्मेलनमा पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरुको सहभागिता रहने छ ।
मिडिया जोगाउने र मिडियाकर्मीलाई बचाँउने विषयमा गहन छलफल र अन्तरक्रिया गरिने उनले बताए । सम्मेलनलाई सातवटा सत्रमा विभाजन गरिएको छ । चैत ८ गते शुक्रबार सम्मेलनको उद्घाटन लगत्तै ‘परम्परागत मिडिया : आजको अवस्था, भोलिको बाटो’ विषयमा छलफल हुनेछ ।
त्यस्तै छापा माध्यम, किन र कसका लागि ?, अनलाइन पत्रकारिता, विज्ञापन बजार, सञ्चार संस्था नियमन या नियन्त्रण, पत्रकार र पत्रकार महासंघ लगायतका विषयमा छलफल गरिने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका सचिव माधव नेपालले जानकारी दिए । उनका अनुसार मिडिया सम्मेलनले सञ्चार माध्यमको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने र ठोस कार्ययोजना बनाउने छ ।
सञ्चार माध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । त्यसबाहेक रेडियोको अवस्था र विकासका बारेमा समेत औपचारिक अनौपचारिक छलफल हुने समाजका उपाध्यक्ष विष्णु भुसालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: