Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नेपाल महोत्सव भब्य बनाउने होवार्टको तयारी

खबरडबली संवाददाता

काठमाडौं । अस्ट्रेलिया महादेश भित्रपनि छुट्टै टापुका रुपमा अलग पहिचान बनाएको तास्मानिया राज्यको राजधानी होर्वाटमा यही आउदो २९ मार्चमा नेपाल महोत्सव आयोजनाको तयारी जोडतोडका साथ अगाडि बढेको कुरा आयोजक एनआरएन तास्मािनया राज्य समितीले जानकारी दिएको छ ।

स्थायित्वको सवालमा केहि लचिलो भएका कारण पनि यतिबेला दश हजार भन्दाबढि नेपाली तास्मािनया राज्यमा बसोबास गर्दै आएका छन । यसै भिडमा नेपालीभाषी भुटानीको संख्यापनि जोडीदा तास्मानिया राज्यको चलनचल्तीको दोस्रो भाषा समेत नेपाली बन्न पुगेको छ ।

अस्ट्रेलियामा नेपाल चिनाउने मेलामा रुपमा परिचय पाएको नेपाल महोत्सव हरेक राज्यमा आयोजना हुदैँगर्दा मार्च महिनाको अन्तिम शनिबार तास्मानियामा भब्य र सभ्य रुपमा यसको आयोजनाको तयारी भएको एनआरएन तास्मानियाका संयोजक जगदिश खड्काले बताए । 

तास्मानिया राज्यका सबै राजनितीक दलका नेता र राज्य प्रमुखको समेत सहभागिता रहने यस महोत्सव नेपाल चिनाउने अभियानमा भने अरु भन्दा केहि अलग र फरक रहँदै आएको खड्का बताउँछन् । 

विशुद्ध तास्मान अस्ट्रेलियनहरुको महत्वपुर्ण सहभागिता रहने यस महोत्सव राज्यको प्राथमिकतामा समेत पर्दै आएको खड्काले सुनाए । नेपालीपन र नेपाली मनको संगममात्र नभइ विदेशमा मुलक चिनाउने अभियानका रुपमा हामीले यसलाई अगाडि बढाएका छौ, संयोजक खड्काले भने । 

खड्काकाअनुसार यसपटक महोत्सवमा नेपाली खाना, नेपाली गाना मात्र नभइ कला संस्कृति र मुलुक चिनाउने थुप्रै आकर्षणहरु रहनेछन्, हाम्रो उद्देस्य भनेको यस मेलापछि कम्तीमा दश जना भएपनि तास्मानीयाबाट अस्ट्रेलियन नेपाल पुगुन् भन्ने हो ।

होवार्टको केन्द्रबिन्दुमा रहेका पार्लियामेन्ट हाउस लनमा आयोजना हुने महोत्सवको प्रमुख अथितीका रुपमा तास्मानीयाका प्रीमियर जेरेमी रकलीफ रहनेछन् । विशेष अतिथीमा अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रलेखा यादव हुनेछन् । 

यस्तै महोत्सवमा लेबर सांसद् एला हेडेड, लिबरल सांसद् म्याडेलिन ओगील्भी र ग्रीन पार्टीका सांसद् हेलेन बर्नेटको टुङ्गो लागिसकेको  एनआरएन ताीस्मानियाका उपसंयोजक उत्तम अधिकारीले जानकारी दिए । 

अजी होम लोन एन्ड फाइनान्सको प्रस्तुतीका रुपमा रहेको  महोत्सवलाई अस्ट्रेलियन फेडरेल गभरमेन्ट, सीटी अफ होर्वाट काउन्सिल र मल्टीकल्चर तास्मानियाले समेत सहयोग गरेको कुरा उपसंयोजक अधिकारीले सुनाए । महोत्सवमा नेपाली कलाकारहरु कन्दरा ब्यान्ड, समिक्षा अधिकारी, उदेश श्रेष्ठ र युवराज चौलागाइ लगायतको प्रस्तुती रहनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending